इटालियन बाइक निर्माता बेनेलीले २०१९ सम्ममा १२ नयाँ उत्पादनलार्इ बजारमा ल्याउने भएको छ ।
त्यसै मध्य एक हो बेनेली लियोनसीनो २५० बाइक । कम्पनीले यो बाइकलाइ महत्वपूर्ण रुपमा लिएको बताएको छ । यसले इन्ट्री लेवल बाइकसँग प्रतिस्प्रर्धा गर्ने छ ।
कम्पनीले लियोनसीनो २५०को सिब्लिङ मोडल २०१९ को मध्यतिर भारतीय बजारमा लन्च गर्ने जनाएको छ । कम्पनीले यो बाइकलार्इ स्क्याम्बलर डिजाइनमा बनाउने छ ।
यो बाइकमा फुल एलइडि हेडल्याम्प दिइएको छ जसले बाइकको अगाडि भागलाइ यूनिक बनाएको छ । यसको ह्यान्डल बारमा भएको डिजिटल क्लस्टरमा बिभिन्न जानकारीहरु प्राप्त गर्न सकिनेछ ।
एडजस्टएबल मोनोसक रहेको यो बाइक सडकको अबस्था अनुसार तलमाथी गर्न सकिन्छ । २४९ सीसी इन्जिन क्षमता रहेको यो बाइकमा १७ लिटरको इन्धन ट्याङकी दिइएको छ । यो बाइक ९२५० आरपीएममा २५.२ बीएचपी पावर तथा ८००० आरपीएममा २१.२ एनएम टर्क जेनेरेट गर्छ ।
अगाडि ४ पिस्टन कलिपर २८० मिलिमीटरको सिगंल डिस्क तथा पछाडि २४० मिलिमीटरको डिस्क ब्रेक प्रयोग गरिएको छ साथै एबिएस भर्सन पनि आउन सक्ने जनाएको छ ।
कम्पनीका अनुसार यो लियोनसीनो २५० ले केटिएम डुक २०० सँग प्रतिस्पर्धा हुने जनाएको छ । यसको मूल्य केटिएम डुक २०० भन्दा केहि मात्र धेरै हुने अनुमान गरिएको छ ।

