टाटा मोटर्सको टाटा टियागो र टाट टिगोरले नयाँ रेकर्ड राखेका छन् । भारतको गुजरात प्लान्टमा बनेका यी मोडलले उत्पादनमा कम्पनीले प्लान्टको उत्पादन क्षमता १०० प्रतिशतले उपयोग गरेको छ ।
भारतको तेस्रो ठूलो कार निर्माता कम्पनी बन्ने दौडमा रहेको टाटाले थर्ड सिफ्ट उत्पादन सुरुगर्दा २० प्रतिशतले उत्पादन वृद्धि हुने छ । चाडपर्वको अवसर पारेर थर्ड सिफ्टको उत्पादन सुरु भएको हो । भारतमा चार्डपर्वमा भेहिकल बिक्रीमा निकै वृद्धि हुने गरेको छ ।
टाटाले टियागो र टिगोरगरी मे, जुन र जुलाई महिनामा हरेक महिना १० हजार युनिटभन्दा बढी बिक्री गर्दै आएको छ । कम्पनीले मेमा १० हजार १३१ यूनिट, जुनमा ११ हजार १ यूनिट र जुलाईमा १० हजार २७८ यूनिट बिक्री गरेको थियो ।
थर्ड सिफ्टको उत्पादनसँगै कम्पनीले हरेक महिना १२ हजार युनिट टियागो र टिगोर बिक्री गर्ने लक्ष्य बनाएको छ । यो टाटाको इन्ट्रीलेभल भेहिकलहरूका लागि नयाँ रेकर्ड हुने कम्पनीले अपेक्षा गरेको छ ।
टाटा मोटर्सको टियागो र टिगोरमा १.२ लिटर तीन सिलिन्डर रिभोट्रल पेट्रोल र १.०५ लिटर तीन सिलिन्डर रिभोर्टक डिजेल इञ्जिन दिइएको छ । पेट्रोल इञ्जिनले ८५ पीएस पावर र ११४ एनएम टर्क उत्पादन गर्छ भने, डिजेलमा लगाइएको इञ्जिनले ७० पीएस पावर र १४० एनएम टर्क उत्पादन गर्छ । पेट्रोल इन्जिनमा ५ स्पीड क्षमताको म्यानूअल र अटोमेटेड म्यानूअल ट्रान्समिसन जडान गरिएको छ । त्यस्तै, डिजेलमा ५ स्पीड क्षमताको म्यानूअल गियरबक्स जडान गरिएको छ ।
बजारमा अझ प्रतिस्पर्धी बन्न टाटाले टियागो र टिगोरको नयाँ संस्करण जेटीपी–टियागो र जेटीपी–टिगोर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यी कारमा १.२ लिटल टर्बोचार्ज पेट्रोल इन्जिन दिइने छ जसले ११० पीएसएस पावर र १५० एनएएम टर्क उत्पादन गर्छ ।


