टीभीएसको पहिलो हाइब्रिड स्कुटर ९ दिनपछि आउने, ७० किमि माइलेज

काठमाडौं । टु–ह्वीलर सेग्मेन्टअन्तर्गत टीभीएस मोटर कम्पनीले उत्कृष्ट प्रडक्टको उत्पादन गरिरहेको छ । एन–टर्क स्कुटरको सफलतापश्चात् कम्पनीले आगामी अगस्ट २३ मा बहुप्रतिक्षित इलेक्ट्रीक हाइब्रिड स्कुटर टीभीएस आईक्यूव सार्वजनिक गर्ने घोषणा गरेको हो । कम्पनीले अटो एक्पो–२०१० मा यो स्कुटर उत्पादन गर्ने जानकारी दिएको थियो । 

इन्जिन

टीभीएस आईक्यूवमा ११० सीसी क्षमताको पेट्रोल इन्जिनकासाथै इलेक्ट्रीक मोटर लगाइएको छ । मोटरमा १५० डब्ल्यूएच र ५०० डब्ल्यूएच गरी दुईवटा अप्सन दिइएको छ । 

ग्राहकले आफ्नो आवश्यकताअनुरुप क्षमताको मोटर छनौट गर्न पाउने कम्पनीले जनाएको छ । यस स्कुटरले ७० किलोमिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ । यदी स्कुटरको स्पीड २० किलोमिटर भन्दा तल रहेको खन्डमा इलेक्ट्रीक मोटरको सहायताले संचालन हुने छ । 

डिजाइन

अटो एक्स्पोमा सार्वजनिक गरेकोभन्दा केही फरक मोडल बजारमा आउने कम्पनीले जनाएको छ । नयाँ मोडलमा आधारित स्कुटर निकै आकर्षक तथा स्टाइलिस लूकमा निर्माण भएको छ । युवापुस्तालाई मध्यनजर गर्दै निर्माण गरिएको यो स्कुटरले राम्रो बजार पकड्ने कम्पनीको दाबी छ । 

कम्पनीले २०१० मा आयोजित अटो एक्स्पोमा स्कुटर निर्माणबारे जानकारी गराए तापनि झन्डै आठ वर्षपछिमात्रै सार्वजनिक गर्न लागेको हो । सो समयमा इलेक्ट्रीक स्कुटरको प्रयोग तथा निर्माणबारे कुनै प्रतिक्रिया आएको थिएन ।

इलेक्ट्रीक स्कुटरबारे चर्चा र विश्लेषण नहुँदा स्कुटरप्रति ग्राहकको कुनै आकर्षण नै थिएन । त्यसैले कम्पनीले लामो समयपछिमात्रै स्कुटर सार्वजनिक गर्ने निर्णय गरेको हो । कम्पनीले अन्य स्कुटरको तुलनामा यसको मूल्य केही कम तोकिएको जनाएको छ । 


Back_to_top