विश्वको आकाशमा अहिले उडिरहेका जेटहरूको कुल संख्याको दुई तिहाई जेटहरू बोइङ वा एयरबस कम्पनीले उत्पादन गरेका छन् । विश्वको हवाई बजारमा बाँकी एक तिहाइ हिस्सा अरू साना कम्पनीहरूले बनाएका साना रिजनल जेटहरूले लिएका छन् ।
यो सेग्मेन्टमा पनी यी ठूला बोइङ र एयरबसले प्रयास नगरेका भने होइनन् । एयरबसले आफ्नो सक्सेसपूmल मोडल ए–३२० को भेरियन्टको रुपमा ए–३१८ बनाएको थियो । तर, उसले यो मोडललाई मात्र ८० वटा बिक्री गर्न सफल भयो । बोइङले पनि बी–७१७ मोडल बनायो, तर यो पनि व्यावसायिकरुपमा असफल रह्यो । जम्मा १५५ वटा बिक्रीपछि बोइङको यो उत्पादन बन्द गर्नुपर्यो ।
विश्वका विकसित देशका साना सहरमा रहेका साना एयरपोर्टमा हेर्ने हो भने प्रसस्त मात्रामा जेटहरू उडिरहेको देखिन्छ । यी जेटहरू कि त इम्ब्रेरियर या बम्बाडियर कम्पनीका जेट हुने गर्छ । इम्ब्रेरियर ब्राजलियन हवाई कम्पनी हो, जसले १५ वर्ष अगाडि ईजेड फेमेलीको लञ्च गरेको थियो र आज १५ सय विमानहरू बेचिसकेको छ ।
अमेरिकी सरकारले दिने सब्सिडीका कारण अमेरिकामा सयौँ यस्ता एयरपोर्ट छन्, जहाँ बोइङ र एयरबस बाहेकका जेटहरूमात्र चल्ने गरेका छन् ।
इम्ब्रेरियरले मिलिटरी तथा प्राइभेट जेट पनि निर्माण गर्ने गर्छ । रनवे सानो भएको एयरपोर्टमा, नोइज रेस्टीग्सन भएको अथवा स्टीप अप्रोच याङ्गल भएको एयरपोर्टमा प्रयोग भइरहेको केही कम्पनीका जेटहरूमध्ये इम्ब्रेरियर अग्रपङ्तीमा हुने गरेको छ । ब्रिटीस एयरवेजको फिटमा यस्ता एयरपोर्टमा प्रयोग हुने सबै जहाजहरू इम्ब्रेरियरका मात्र छन् ।
अमेरिकामा सानाखालका चार सयभन्दा बढी एयरपोर्टहरू रहेका छन् । त्यस्तै, युुरोप र एसियामा पनि धेरै एयरपोर्टहरू साना साइजका छन् । अमेरिकी सरकारले दिने सब्सिडीका कारण अमेरिकामा सयौँ यस्ता एयरपोर्ट छन्, जहाँ बोइङ र एयरबस बाहेकका जेटहरूमात्र चल्ने गरेका छन् ।
यस्ता एयरपोर्ट भएको मार्केट साना रिजनल जेटहरूका लागि धेरै महत्वपूर्ण मार्केट रहेको कुरा क्यानडियन कम्पनी बम्बाडियरलाई राम्रोसँग थाहा छ । अहिलेको अवस्थामा बम्बाडियरको कुल कमर्सियल मार्केटको जम्मा ६ प्रतिशत मार्केट सेयर रहेको छ । यसको सीआरजे–सिरीजको रिजनल जेट बजारमा सफल रहेको छ ।
सन् २००८ मा बम्बाडियरले नयाँ सी–सिरीजको अनाउन्स गरेको थियो । जसले रिजनल जेट र ठूलो जेटको बीचको साइजमा फिट हुने जहाज बनाउने र सो जेट मोर्डन डिजाइन टेक्नोलोजीको सम्पूर्ण आधुनिक सुविधाहरू हुने कम्पनीले जनाएको थियो । उक्त जहाजमा कम्पोजिट मेटेरियलको प्रयोग गरी बनाइएको बडी र हाई–बाइपास इन्जिनयुक्त जुन हलुका तथा हाल सञ्चालनमा रहेका जहाजहरूभन्दा कम इन्धन खपत गर्ने जानकारी दिइएको थियो ।
बम्बाडियरले अमेरिकी एयरलायन्स डेल्टासँग ७५ वटा जहाज बिक्रीको सम्झौता गर्यो । जसको प्रतियुनिट बिक्री मूल्य २० मिलियन डलरमात्र रहेको थियो ।
सो मोडलको जहाजले सन् २०१३ मा आफ्नो मेडियन फ्लाइट गरेको थियो । जुन २०१६ मा यस मोडलको पहिलो कमर्सियल फ्लाइट सूइस एयरलायन्सले गरेको थियो । यस्ता जहाजको सफलता वा असफलताको निर्धारण धेरै अर्थमा अमेरिकी मार्केटले डिसाइड गर्ने गर्छ ।
अमेरिकी मार्केटमा प्रुफ गर्नका लागि अमेरिकी ठूला तीन प्लेयरहरू युनाइटेड, डेल्टा र अमेरिकन एयरलायन्स मध्ये कुनै एकसँग हुन जरुरी हुन्छ । त्यसैका लागि बम्बाडियरले अमेरिकी एयरलायन्स डेल्टासँग ७५ वटा जहाज बिक्रीको सम्झौता गर्यो । जसको प्रतियुनिट बिक्री मूल्य २० मिलियन डलरमात्र रहेको थियो ।
उक्त मूल्य उसको पब्लीस मूल्य ८० मिलियनको एक चौथाईमात्र हो । बम्बाडियरलाई यो जेट बनाउन ३० मिलियन खर्च लाग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय ट्रेडमा आफ्नो कस्टभन्दा कम मूल्यमा अर्को देशमा बस्तु बेच्नु इलिगल मानिन्छ र यसलाई व्यापारिक भाषामा डम्पिङ भनिन्छ । यो विश्वका धेरै देश तथा अमेरिकी कानूनको विरुद्ध हो ।
अमेरिकी बजारको ठोका बन्द भएको बम्बाडियरको सी–सिरीज प्रोग्राममा एयरबसले ५०.०१ प्रतिशत लगानी गरेको घोषणा गर्यो ।
त्यसको बिरुद्ध बोइङ कम्पनीले यूएस डिपार्टमेन्ट अफ कमर्शमा एन्टी डम्पिङ पेटिसन दर्ता गरायो । उक्त डिलमा बोइङले बम्बाडियरलाई ८० प्रतिशत अन्तःशुल्क लगाउन माग गरेको थियो । तर, डिपार्टमेन्ट अफ कमर्शले ३०० प्रतिशत अन्तःशुल्कको घोषणा गरिदियो । यस्त्रो अन्तःशुल्क रेटमा बम्बाडियरले जहाज यूएसमा सप्लाई गर्न सक्ने बाटो नै बन्द भयो ।
यही अवस्थामा विश्व हवाई उद्योगमा एक नयाँ घटना घट्यो । अमेरिकी बजारको ठोका बन्द भएको बम्बाडियरको सी–सिरीज प्रोग्राममा एयरबसले ५०.०१ प्रतिशत लगानी गरेको घोषणा गर्यो ।
भनिन्छ, बम्बाडियरले एयरबसलाई यो शेयर ‘फ्रि अफ कस्ट’मा दिएको हो । तर, एयरबसले सित्तैमा शेयर पाउनुको कारण एयरबसको अमेरिकाको मोबिल, अलाबामा रहेको एसेम्बली लायन मुख्य कारण हो ।
अब एयरबसको फ्याक्ट्रीमा एसेम्बली लाइनमा बनेपछि बम्बाडियरको यो जहाज टेक्निकल्ली अमेरिकी जहाज हुनेछ र अमेरिकाले कुनै ट्यारिफ लगाउन पाउने छैन । इन्डिपेन्डेन्ट रिसर्च एजेन्सीकाअनुसार अबको २० वर्षमा बम्बाडियरका यी जहाजको माग ५ हजार ५०० वटा हुनेछ ।
जहाँ सी–सिरीजको तीन हजार जहाज बिक्ने अनुमान गरिएको छ । एयरबसको टेकओभरपछि यो सिरीजको जहाजको नाम एयरबसकै लाइनअपजस्तै ए–२२० राखिएको छ ।
बहुचर्चित कर्पोरेट भनाईकाअनुसार ‘यदि प्रतिस्पर्धीलाई हराउन सकिँदैन भने त्यसलाई खरिद गर ।’ यही भनाईलाई अनुशरण गर्दै रिजनल मार्केटमा एयरबसको आगमनसँगै अमेरिकन प्रतिस्पर्धी बोइङले पनि नयाँ मूभ लियो ।
बोइङले ८० प्रतिशत अर्थात् ३.८ बिलियन लगानी गर्नेछ र इम्ब्रेरियरको कमर्सियल जेटको प्रोजेक्ट कन्ट्रोल गर्नेछ ।
बोइङले आफूलाई यो मार्केटमा स्थापित गर्नका लागि ब्राजिलियन कम्पनी इम्ब्रेरियर खरिद गर्ने कुरा बाहिर आएको छ । ब्राजिलियन सरकारले पनि इम्ब्रेरियरको प्राइभेट र मिलिटरी एयरक्राफ्ट बाहेक कमर्सियल प्रोग्राममा बोइङ्गले लगानी गर्न सक्ने जनाएको छ ।
दुबै कम्पनीको घोषणा भएको सहमतिअनुसार ४.७५ बिलियन डलरको नयाँ ज्वाइन्ट भेञ्चरको स्थापना गर्नेछ, जसमा बोइङ्गले ८० प्रतिशत अर्थात् ३.८ बिलियन लगानी गर्नेछ र इम्ब्रेरियरको कमर्सियल जेटको प्रोजेक्ट कन्ट्रोल गर्नेछ ।
साथै, यस नयाँ भेञ्चरमा २० प्रतिशत इम्ब्रेरियरको पनि लगानी रहने छ । यो ज्वाइन्ट भेञ्चरको म्यानेजमेन्टको लिड साउपाउलोमा रहेको इम्ब्रेरियरले गर्नेछ भने अन्तिम निर्णय बोइङ्गको हुनेछ ।
यो डिलको फाइनल भने दुबै कम्पनीका शेयरहोल्डरहरूबाट २०१९ को अन्त्यसम्म हुने अनुमान गरिएकोे छ । यो लामो समयका लागि गरिएका रणनीतिक पार्टनसिपसँगै अब रिजनल जेटको १०० देखि १५० सिटसम्मको मार्केटमा पनि एयरबस र बोइङ्ग आमने-सामने हुनेछन् ।

