१५% डाउन पेमेन्ट र ५.९६% ब्याजदरमा लीपमोटरका कार

काठमाडौं । लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले आकर्षक अफर ल्याएको छ । कम्पनीले ल्याएको अफर अनुसार लीपमोटरका कुनै पनि गाडी किन्दा १५ प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्नेछ ।

कम्पनीले बैंकबाट लिने कर्जा पनि निकै सस्तो अफर गरेको हो । अफर गरिएको कर्जा सुविधा लिने उपभोक्ताले ५.९६ प्रतिशत ब्याजदर तिर्दा पुग्छ ।

नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको अनिर्वाय ४० प्रतिशत डाउन पेमेन्टलाई छाडेर कसरी १५ प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्छ भन्ने जिज्ञासा तपाईंको मनमा उब्जन सक्छ । तर, बाँकी २५ प्रतिशत रकम क्रेडिट कार्ड मार्फत पेइमेन्ट गर्ने व्यवस्था मिलाइएको छ ।

गाडी किन्ने मानिसको आम्दानीको स्रोतले मूल्यको ८५ प्रतिशत कर्जा लिन भ्याउँछ भने डाउन पेमेन्टको लागि नगद नै चाहिँदैन । बैंकले क्रेडिट कार्ड जारी गरेर १६ लाख रुपैयाँसम्म भुक्तानी गर्ने सुविधा प्रदान गर्छ ।

नयाँ वर्ष २०८३ को अवसरमा लीपमोटरले ‘लीप केयर’ स्कीम पनि दिएको छ । यसमा सबै मोडलको ब्याट्रीमा ११ वर्षसम्मको एक्सटेन्डेड वारेन्टी प्रदान गरिएको छ ।

साँग्रिला मोटर्सले दिएको स्कीम अनुसार टी-०३, बी-१० र सी-१० एसयूभी किन्नेले १५ प्रतिशत डाउन पेमेन्ट गरेर गाडी घर लान सक्नेछन् ।


Back_to_top