भोलिसम्म सबै मन्त्रालयलाई सवारी साधनको विवरण बुझाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा रहेका सवारी साधनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

कार्यालयले बुधबार सबै मन्त्रालयहरूलाई पत्राचार गर्दै बिहीबार कार्यालय समय भित्र मन्त्रालय र विभागरमातहतका कार्यालयमा प्रयोगमा रहेका तथा मर्मत कार्य भइरहेका दुईपाँग्रे र चारपाँग्रे सवारीको विवरण बुझाउन निर्देशन दिएको हो ।

कार्यालयका अनुसार आज भएको सचिवस्तरीय निर्णयानुसार सवारी साधनको विवरण माग गरिएको हो ।

पत्रमा उल्लेख भए अनुसार सबै मन्त्रालयले सवारीको ब्राण्ड, मोडल, सवारी साधन नम्बर, गियर सिस्टम, इन्धनको प्रकार (डिजेल–पेट्रोल–विद्युतीय), प्रयोगकर्ताको नाम र पद, सवारी साधनको वर्तमान अवस्थाको विवरण बुझाउनुपर्नेछ ।


Back_to_top