काठमाडौं । फ्रेन्च मोटर कम्पनी रेनोको नेपालका लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल प्रालिले मनसुन टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले सुरु गरेको टेष्ट ड्राइभ कार्यक्रम आगामी भदौ ४ गतेसम्म संचालन हुनेछ ।
कम्पनीले टेष्ट ड्राइभ कार्यक्रम आफ्ना सबै डिलर र शोरुममा संचालन हुने जनाएको छ । उक्त कार्यक्रममा रेनोका उत्कृष्ट उत्पादनहरु क्वीड, डस्टर, क्याप्चर, काइगर जस्ता मोडलको टेष्ट ड्राइभ गर्ने सुविधा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
रेनोले नेपालमा विक्री गर्ने कारहरुमा सेग्मेन्टकै उत्कृष्ट २५.१७ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिने छन् । कम्पनीले विक्री गर्ने क्वीड इन्ट्री ह्याचव्याक हो भने अन्य मोडल एसयूभी डिजाइनमा उपलब्ध छन् ।
कम्पनीले विक्री गर्ने कारहरुमा ७ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, रिमोट सेन्ट्रल लकिङ, १६ इन्चको गन मेटल अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल जस्ता अब्बल फिचर छन् ।
एड्भान्स अटोमोवाइलले आयोजना गरेको उक्त टेष्ट ड्राइभ कार्यक्रममा सहभागी हुने प्रत्येक ग्राहकले उपहारको रुपमा रेनोको छाता पाउने छन् ।

