काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द्र एण्ड कम्पनी प्रालिले बजाज पल्सर एन २५० वेभसाइटमा लिसिटङ गरेको छ । कम्पनीले निकै आक्रमक चितुवाको रुपमा यसलाई वेभसाइटमा देखाएको हो ।
भारतमा विक्री सुरु भएको एक वर्षभन्दा धेरै समय भएपछि नेपाल आउन लागेको बहुप्रतिक्षित मोटरसाइकल पल्सर एन २५० नेकेड स्पोर्टस् मोडलको रुपमा बजारमा आउने छ ।
पल्सर सेग्मेन्टमा नै सबैभन्दा पावरफुल इन्जिन रहेको नयाँ पल्सर एन २५० ले बजारमा सुजुकी जिक्सर २५० र यामाहा एफजेड २५ सँग सिधा प्रतिस्पर्धा गर्ने छ ।
यसअघि नै पल्सर एन २५० नेपाल आउन लागेको मेरोअटोसँग एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छा बताएका थिए । उनले यसको मूल्यको विषयमा जानकारी नदएपनि सेग्मेन्टमै सबैभन्दा राम्रो मूल्य हुने बताएका थिए ।
बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

पल्सर एन २५० को लम्वाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ह्वीलवेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
उत्कृष्ट ब्रेकिङको लागि पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । साथमा रहेको सिंगल च्यानल एबीएसले यसलाई सुरक्षित बनाएको छ ।
आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।
युवा पुस्तामैत्री निर्माण गरिएको मोटरसाइकलको फ्रन्ट लुक्स निकै बोल्ड छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फयुल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।
बजाजले पल्सर एन २५० मा वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम दिएको छ ।

