भारतीय बजारमा एसयूभी उत्पादन गर्ने कम्पनीहरू एसयूभीमा यात्रा गर्ने यात्रुका लागि निकै सजग हुनथालेका छन् । पछिल्ला दिनमा ‘मेड इन इन्डिया’ एसयूभीहरूले सेफ्टी टेष्टमा निकै राम्रो गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सवारीसाधन निर्माता कम्पनीदेखि भारतीय कम्पनीले उत्पादन गरेका एसयूभीहरूले अत्यन्त राम्रो परफर्मेन्स गरिरहेका छन् । २०१९ अप्रिल १ देखि भारतले नयाँ सेफ्टी नियम लागू गर्दैछ । त्यसको लागि कम्पनीहरूले तयारी गरेका छन् ।

जीप कम्पासः अस्ट्रेलियन एनक्यापले जीप कम्पासलाई पाँच स्टार रेटिङ दिएको छ । जीपको कम्पास मोडल भारतीय बजारमा उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री हुने मोडल हो ।
कम्पनीले राइट–हेन्ड ड्राइभिङ भएका देशहरूमा कम्पासको बिक्री–वितरण गर्दैआएको छ ।

टोयोटा फच्र्यूनरः टोयोटा फच्र्यूनर भारतीय बजारमा उत्पादन हुने सबैभन्दा महंगो र उत्कृष्ट प्रिमियम एसयूभी हो । टोयोटाको यो एसयूभीले हरेक टेष्टमा उत्कृष्ट परफर्मेन्स गर्दै पाँच स्टार रेटिङ पाएको छ ।
फच्र्यूनरले जुनसुकै स्थानको सेफ्टी टेष्टमा पनि आपूmलाई अब्बल साबित गरेको छ । यो प्रिमियम एसयूभीमा एयरब्याग, एबीएस, इबीडजस्ता सुरक्षा फिचर रहेको छ ।

हुन्डाई क्रेटाः भारतीय बजारमा निकै चर्चित एसयूभीमा रहेको हुन्डाई क्रेटा सुरक्षाको दृष्टिकोणले निकै राम्रो रहेको छ । भारतमा २० वर्ष अगाडिदेखि कार उत्पादन गर्दैआएको यस कम्पनीले क्रेटालाई भारतीय बजारमा उत्पादन गरेर अफ्रिका, ब्राजिललगायत दक्षिण एसियाली बजारमा बिक्री–वितरण गर्दैआइरहेको छ ।
ल्याटिन एनक्याप टेष्टमा क्रेटाले चार स्टार रेटिङ पाएको छ । यो कारलाई १७ पूर्णाङ्कमा परीक्षण गर्दा १५.५७ अङ्क पाएको थियो । कारमा दुई देखि ६ वटासम्म एयरब्यागसमेत दिइएको छ ।

टाटा नेक्सनः भारतीय कार उत्पादक कम्पनी टाटाको पछिल्लो कार नेक्सन निकै चर्चित बन्दै गएको छ । यसलाई सुरक्षा टेष्टमा एनक्यापले चार स्टार रेटिङ दिएको छ । यो टाटाको कारले गरेको एकदमै राम्रामध्येको एक प्रदर्शन हो ।
ग्लोबल एनक्यापले दिएको रिपोर्टअनुसार वयस्कहरुका लागि यो कारमा भएका सुरक्षालाई चार स्टार रेटिङ दिइएको छ भने बच्चाको सेफ्टीलाई तीन स्टार रेटिङ दिइएको छ ।
यस टेस्टमा एसयूभीको बडीलाई स्टेवल रेटिङ दिइएको छ । त्यसका लागि कारलाई ६४ किलोमिटर प्रतिघन्टाको स्पीडमा अगाडिको भाग ठोक्काएर टेष्ट गरिएको थियो ।
टेस्ट रिपोर्टकाअनुसार टाटा नेक्सन दुर्घटनाको समयमा अगाडि सिटमा बस्ने पेसेन्जर र ड्राइभरको टाउको, छाती र गर्धन सुरक्षित रहने देखिएको छ । कम्पनीले सुरक्षाको दृटिकोणबाट कारमा ड्यूल एयरब्याग, एबीएस र ईबीडी स्ट्याण्डर्ड दिइएको छ ।


