क्रेटा इलेक्ट्रीकको परिक्षण सुरु, कस्तो रहला ब्याट्री र मोटर ?

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले भारतमा क्रेटा इलेक्ट्रीकको परिक्षण सुरु गरेको छ । कम्पनीले सडक परिक्षण नै सुरु गरेको कारण चाँडै यसलाई बजारमा ल्याउने अनुमान सुरु भएको हो ।

कम्बस्चन इन्जिनमा सर्वाधिक सफल मिडसाइज एसयूभी क्रेटाको इलेक्ट्रीक भर्सन कस्तो होला भन्ने चासो सवत्र सुरु भएको छ । कम्पनीले यसको डिजाइनमा धेरै परिमार्जन गर्ने छैन ।

भारतीय कार निर्माता टाटा र महिन्द्राले आफ्ना चल्तीका मोडल इलेक्ट्रीकमा ल्याएर सफलता पाउन सुरु भएको कारण हुन्डाईले पनि आफ्नो सर्वाधिक सफल मध्येको एक मोडल क्रेटाको इलेक्ट्रीक भर्सन ल्याउन लागेको हो ।

परिक्षणको क्रममा देखिएको क्रेटा ईभी कम्बस्चन जस्तै देखिन्छ । यसको इन्टेरियरमा कुनै पनि परिवर्तन देखिएको छैन । कम्पनीले यसको आधिकारीक पुष्टी नगरेपनि भारतीय अटो मिडियाले यसलाई प्राथमिकतामा राखेर प्रकाशन गरेका छन् ।

इलेक्ट्रीक क्रेटामा हुन्डाई कोनामा दिइएको ३९.२ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने अनुमान गरिएको छ । यसमा रहने पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले अधिकतम ३९५ एनएम पीक टर्क प्रदान गर्छ ।


Back_to_top