२२० एमएम ग्राउन्ड क्लियरेन्स भएको ‘टोयोटा रस’ अटो शोको आर्कषण

काठमाडौं । टोयोटाको नयाँ एसयूभी रस नेपाली बजारमा प्रबेश अगाडि नै निकै चर्चित बनेको कार हो । नेपालको लागि टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेर्डस सिन्डिकेट करिब १ महिना अगाडि नेपाली बजारमा ल्याएको यो एसयूभी अहिले धेरैको ध्यान आफुतिर तान्न सफल भएको छ । 

यहि भदौ २६ गतेबाट हुने नाडा अटो शोमा कम्पनीले रसको प्रमोसनमा कुनै कसर बाँकी नराख्ने जानकारी दिएको छ । अहिलेसम्म गोप्य राखिएको नाडा अटो शो विशेष अफर कस्तो आउने छ भन्ने कौतुहलता धेरैमा रहेको हामीले पाएका छौं । कम्पनीले मंगलबार बिहान अटो शो अफर घोषणा गर्ने जनाएको छ ।  

टोयोटाको नयाँ एसयूभी ‘अल न्यू रस’ लाई अप्रिल ११ तारिकबाट नेपालमा प्रि बुकिङ खुल्ला गरेको थियो । त्यति बेला बुकिङ गरेका धेरै ग्राहकलाई डेलिभरी दिन बाँकी रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ मेनेजर बिबेक बलामीले मेरोअटोलाई जानकारी दिए । 

टोयोटा रस सम्बन्धी अन्य विवरणको लागि यहाँ क्लिक गर्नुस्

उनकाअनुसार अबको केहि दिनमा सबै बुकिङकर्ताले आफ्नो गाडी पाउने छन् । भने नाडामा बुकिङ गर्ने ग्राहकले दशैं अगाडिनै गाडी पाउने छन् ।  

रसमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले १०५ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । मिनिमम् रनिङ ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने रक बटम ग्राउन्ड क्लियरेन्स २९० एमएम रहेको छ । यो एसयुभीमा क्रोम स्लट, एलईडी हेडलाइट, एलईडी डीआरएल, चंकी फ्रन्ट बम्पर, एलोइ ह्वील, क्याबिनमा सफ्ट–टच मेटरियल दिएइको छ । 

त्यसैगरी ८ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो कारमा किलेस इन्ट्री, पुस बटन स्टार्ट, यूएसबीपोर्ट लगातका फिचर दिइएको छ । 

यो कारमा चढ्दा एसयुभीको रिएल मज्जा लिन सकिने छ । सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको यो कारमा ईबीडीसहितको एबीएस, स्ट्याबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिष्टजस्ता फिचर दिइएको छ । यो कारलाई आसिएन एनक्यापले ५ स्टार रेटिङ दिएको छ । नेपाली बजारमा यो कारको सुरुवाति मूल्य ६१ लाख ९० हजारदेखि ७५ लाख ५० हजारसम्म रहेको छ ।  


Back_to_top