नाडा अटो शो तयारी रातमा पनि जारी (फोटो–फिचरसहित)

काठमाडौं । नाडा अटो शो तयारीमा जुटेका कम्पनीहरु रात रातसम्म काम गरेर स्टल निर्माणमा जुटेका छन् । 

आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने उक्त अटो शोको तयारीमा गाडी बिक्रेता कम्पनीले आफ्नो सम्पूण शक्ति लगाएका छन् । 

शनिवार साँझ ९ बजे भृकुटी मण्डपमा अटो शोको तयारीका लागि कम्पनीहरुले आ–आफ्ना स्टल निर्माणको काम गरिरहेका छन् । यसरी काम गर्नेमा कार, जिप, भ्यान बिक्रेता कम्पनीको अलावा बाइक तथा स्कुटर र टायर ट्युव, ल्युव लगायतका कम्पनी रहेका छन् ।

अटो शो आयोजक मध्यको एक ग्लोवल एक्स्पोजिसनको अनुसार शोमवार बेलुकासम्म सबै किसिमको तयारी पुरा हुने छ । 


Back_to_top