काठमाडौं । १३ औं नाडा अटो शोलाई लक्षित गर्दै इटालियन टु–ह्वीलर्स निर्माता कम्पनी बेनेलीको नेपालका लागि आधिकारी वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्राइभेट लिमिटेडले लियोन्सिनो–५०० ल्याउने भएको छ । कम्पनीले यसको मूल्य १३ लाख निर्धारण गरेको छ ।
लियोन्सिनो इस्क्राम्बल शैलीको छिटो, छरितो र सानदार मोटरसाइकल रहेको कम्पनीले बताएको छ । यसमा १७ इञ्चको मिश्र धातुले बनेको पाङ्ग्रा रहेको छ । जसले गर्दा अगाडि र पछाडिको पाङ्ग्रा जस्तोसुकै अवस्थामा पनि सन्तुलन र क्षमताको ग्यारेन्टी दिने बताइएको छ ।
मोटरसाइकलको अगाडि भागमा रहेको सस्पेन्सनमा छ, अप्साइड डाउन ४५ एमएम फोर्क जुन ३२० एमएम डिस्कलाई पकडमा राखेको फोर पिस्टनब्रेक क्यालिपर्ससँग जोडिएको छ । ब्रेकिङचाहिँ सिङ्गल पिस्टन क्यलिभररहित २६० एमएमको डिस्कले नियन्त्रण गर्ने कम्पनीले जनाएको छ ।
लियोन्सिनोमा ५०० सीसीमा लिक्विडकुल, फोरस्ट्रोक इन्जिन रहेको छ । यसले ८५०० आरपीएममा ४८ पीएचपी पावरकासाथै ४५०० आरपीएममा ४६ एनएम टर्क उत्पादन गर्छ । वेट सम्पलूब्रिकेसन, इलेक्ट्रोनिक इन्जेक्सन, ओभरहेड डबल क्याम्स्याफ्ट टाइमिङ सिस्टम, हरेक सिलिन्डरमा फोर–भल्भ, हाइड्रोलिक क्लच र ६ स्पीडको गियरबक्स दिइएको छ । एबीएससहित आधुनिक उपकरणको प्रयोग, हेडल्याम्पमा प्रोजेक्टर र एलएडी प्रविधिले यसलाई सर्वोत्कृष्ट उत्पादन बनाएको छ ।
लियोन्सिनो रातो, सिल्भर र कालो रङ्गमा उपलब्ध रहेको कम्पनीले बताएको छ । यस बाहेक यी बाइकहरुलाई नाडा अटो शोमा विशेष प्राथमिकतामा राखेर प्रर्दशनी गर्ने जनाएको छ ।
टीएनटी–१३५
त्यस्तै, कम्पनीले टीएनटी–१३५ लाई अटोशोमा निरन्तरता दिने भएको छ । विशेष गरी नयाँ चालकलाई चलाउन सजिलो हुने गरी बनाइएको यो मोडलमा १३४.७ सीसीको इन्जिन प्रयोग गरीएको छ । सिङ्गल सिलिन्डर भएको यसमा १३ बीएचपी पावरकासाथै पाँच गियरसम्मको स्पीड दिइएको छ । ७.२ लिटर क्षमताको इन्धन ट्याङ्क, ‘आयल कुल्ड’ इन्जिन, डबल डिस्क ब्रेक यसमा छ । टायरको ग्रिप रहेको छ ।

यो मोटरसाइकल रातो, सेतो र कालो रङ्गमा उपलब्ध छ । सानो आकारको टु–ह्वीलर भए तापनि यसमा ठूलो बाइकमा हुने विशेषता र प्रविधि समेटिएको छ । यसको मूल्य दुई लाख ५० हजार रुपैयाँ रहेको छ ।
३०२–आर
यो स्पोट्र्स बाइकमा ३०० सीसी क्षमताको इन्जिन रहेको छ । यो बाइक हरियो–सेतो, रातो–सेतो र रातो–कालो रङ्गमा उपलब्ध छ । यसमा १४ लिटरको इन्धन ट्याङ्क छ भने ट्वीन लिक्विड कुल्ड इन्जिन जडित छ ।

इन्जिनले ३६ बीएचपी पावर र २७ एनएमटर्क दिने गर्छ । इन्जिनमा ६ गियर स्पीडमा रहेको छ । यसको १६५ मिमि ग्राउण्ड क्लियरेन्स छ । कम्पनीले यसको मूल्य सात लाख ५० हजार रुपैयाँ तोकेको छ ।
टीएनटी–३००
अटो शोमा राखिने बेनेलीको अर्काे मोडल, टीएनटी–३०० हो । यसको बजार मूल्य सात लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यो बाइक, रातो, हरियो, कालो र सेतो रङ्गमा उपलब्ध छ । बाइकमा डबल सिलिन्डर प्रयोग गरीएको छ । यो बाइक ३०० सीसी इन्जिन क्षमतासहित बजारमा उपलब्ध छ । यसमा १६ लिटर इन्धन क्षमतामा दिइएको छ । १६० एमएम ग्राउण्ड क्लियरेन्स, ३७.७३ बीएचपी इन्जिन क्षमतासहित लिक्विड कुल्ड सिस्टम जडित छ ।

६ गियर स्पीड रहेको यसमा हाइड्रोलिक मोनोसक रियर सस्पेन्सन प्रयोग गरिएको छ । टायरको फ्रन्ट ब्रेकका लागि हाइड्रोलिक डबल डिस्क ब्रेक र रियर टायर ब्रेकका लागि हाइड्रोलिक सिङ्गल डिस्कको प्रयोग गरिएको छ । ब्रेक लाइट र इन्डिकेटरमा एलईडी लाइटको प्रयोग गरिएको छ ।
टीआरके–५०२
अफरोड टुरका लागि तयार यो बाइक सेतो, रातो, हरियो र कालो रङ्गमा उपलब्ध छ । इन्जिन क्षमता ४९९.६ सीसीको छ । कम्पनीले यसलाई पनि नाडा अटो शोमा प्रस्तुत गर्ने तयारी गरेको छ । यसको मूल्य नेपालमा १२ लाख रुपैयाँ रहेको छ ।
२० लिटरको इन्धन ट्याङ्क, फराकिलो ह्याण्डल, क्लासिक लुकसहितका विशेषताले लामो दूरीको यात्राका लागि कम्फर्टेवल गराउँछ । साथै, सस्पेन्सनले कच्ची र पक्की दुबैखाले बाटोमा आरामदायी यात्रा गर्न सहज बनाउँछ । टायरको राम्रो ग्रिप कन्ट्रोलले जस्तोसुकै बाटोमा पनि सहजताकासाथ गुड्न सक्नेछ । स्टिल ट्यूव फ्रेमको प्रयोग गरेर बाइकको वजन हलुका र ब्यालेन्समा राख्न कम्पनी सफल भएको छ ।
दुई सिलिन्डर इन्जिन, चार–भल्भ टेक्नोलोजी, १९० एमएम ग्राउण्ड क्लियरेन्स, ४७ बीएचपी इन्जिन पावर रहेको यसमा ६ गियरको स्पीड छ । यसकासाथै कम्पनीले नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न मोडललाई निरन्तरता दिने जनाएको छ ।

