नयाँ इन्जिन अपडेटसहित सार्वजनिक भयो किया सेल्टोस

काठमाडौं । किया सेल्टोसको २०२३ मोडल भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले सुरूआति मूल्य १० लाख ८९ हजार भारतीय रुपैयाँ निर्धारण गर्दै यो गाडी ल्याएको हो ।

नयाँ किया सेल्टोसमा इन्जिन अपडेट गरिएको छ । यो कम्प्याक्ट एसयूभी नयाँ बीएस ६ फेज २ कम्प्लाएन्ट र आगामी अप्रिल १ बाट लागू हुने आरडीई इमिसन स्ट्याण्डर्ड मापदण्ड अनुसार आउने भएको छ ।

यसका लागि कियाले १.४ लिटर टर्बो पेट्रोल इन्जिनलाई नयाँ १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग प्रतिस्थापन गर्नेछ । नयाँ किया सेल्टोसमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र १.५ लिटर टर्बो पेट्रोल डिजेल इन्जिन मात्र उपलब्ध हुनेछ ।

यसमा रहेको १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ११३ बिएचपी र १४४ एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स वा सीभीटी गियरबक्स जडान गरिएको छ ।

त्यसैगरी, १.५ लिटर टर्बो चार्जड डिजेल इन्जिनले पिक पावर ११६ बीएचपी र २५० एनएम पिक टर्क प्रदान गर्छ । यो इन्जिनका साथमा ६ स्पीड आइएमटी वा ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियर रहेको छ ।


Back_to_top