काठमाडौं । मारुती सुजुकीको सफल ह्याचब्याक मोडल स्विफ्टको चौथो जेनेरेशन मोडलको रोड टेष्ट भइरहेको छ । मारुतीले आफ्नो नयाँ जेनेरेशन स्विफ्टको माइलेज अत्याधिक बढाउने योजना बनाएको छ ।
सन् २००४ मा लन्च भएको पहिलो जेनेरेशन स्विफ्टको दोस्रो जेनेरेशन २०१० मा आएको थियो । स्विफ्ट सन् २०१७ मा नयाँ हार्टटेक प्ल्याटफर्ममा तेस्रो जेनेरेशन लन्च भएको थियो ।
नयाँ स्विफ्टमा १.२ लिटरको स्ट्रङ हाइब्रिड टेक्नलोजीको इन्जिन रहने छ । यो कारमा नयाँ १.२ लिटरको तीन सिलीण्डरको के१२सी सिरीजको हाइब्रिड पेट्रोल इन्जिन रहनेछ । मारुती सुजुकीले हाइब्रिड इन्जिनको नयाँ ग्राण्ड भिटारामा सफल प्रयोग गरिसकेको छ ।
मारुतीले स्ट्रङ हाइब्रिड टेक्नलोजीको प्रयोगबाट कम्प्याक्ट एसयूभी ग्राण्ड भिटारामा २७.९७ किलोमिटर प्रतिलिटर पेट्रोलको माइलेज प्रमाणीत गरिसकोके छ । स्विफ्ट सुजुकी भिटाराभन्दा कम साइज र तौलको हुने भएकोले यही टेक्नलोजीको इन्जिनबाट ३५ देखि ४० किलोमिटरको बीचमा माइलेज दिने अनुमान गरिएको छ ।

बजारमा अहिले विक्री भइरहेको पुरानो जेनेरेशनको स्विफ्टले २० किलोमिटरको हाराहारीमा माइलेज दिइरहेकोमा स्ट्रङ हाइब्रिड टेक्नलोजीको इन्जिन हुने नयाँ स्विफ्टले पक्कै पनि धेरै माइलेज दिनेछ । कार खरिद गर्ने डिसिजनमा माइलेज मात्र नभई मूल्य पनि मुख्य कारक हुने भएकोले मारुतीले कुन मूल्यमा यो कार लन्च गर्ने हो त्यसका लागि भने सन् २०२४ को पहिलो क्वाटर सम्म कुर्नुपर्ने छ ।


