काठमाडौं । काेरियन अटाेमाेवाइल कम्पनी किया माेटर्सले ईभी-५ एसयूभी कन्सेप्ट देखाएको छ । कम्पनीले यो ईभीको प्रोडक्सन भर्सन सुरूवातमा चिनियाँ बजारमा विक्री वितरणका लागि उपलब्ध हुने बताएको हो ।
यो ईभी हालै सार्वजनिक भएको ईभी-९ को तुलनामा केही सानो रहेको छ । यसको इन्टेरियरमा पानारोमिक सनरुफ, ड्यासबोर्डमा डिजिटल इन्फोटेन्मेन्ट स्क्रीन दिइएको हुनेछ ।
यसको प्राविधिक विवरण बारे हालसम्म पूरा तथ्य बाहिरिएको छैन । यद्यपि, यसको प्रोडक्सन भर्सन भने ई–जीएमपी प्लेटफर्ममा आधारीत हुने बताइएको छ ।
किया ईभी५को साइज कम्बस्चन इन्जिनयुक्त किया स्पोर्ट्सको बराबर हुने अनुमान गर्न सकिन्छ । यसमा कम्पनीले मूल्य र पर्फमन्सको विषयमा कुनै खुलासा गरेको छैन ।
तर, यो ईभीमा कम्पनीले अघिल्लो मोडलको जस्तै ड्राइभ पावरट्रेन दिने सम्भावना छ। यस्तो अवस्थामा भने यसमा प्रयोग हुने ७७ किलोवाट आवर क्षमताको ब्याट्रीले सिङ्गल चार्जमा ४८२ किलोमिटर रेन्ज प्रदान गर्छ ।
भारतमा हाल कियाको ईभी सेग्मेन्टमा ईभी-६ मात्र विक्री वितरण हुँदै आएको छ । यो नयाँ ईभी नेपाल र भारतमा आगामी दिनमा विक्री वितरणका लागि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


