काठमाडौं । भारतको दोस्रो ठूलो अटोमोबाइल निर्माता कम्पनी हुन्डाईले उत्पादन गरेको नयाँ कम्प्याक्ट कारको विवरण सार्वजनिक भएको छ ।
हुन्डाईको एआइ थ्री प्रडक्सन कोडनेम दिएको नयाँ मोडलको यो कारको पावरट्रेनसहित केही विवरण बाहिरिएको हो ।
यो कार हाल दक्षिण कोरियामा विक्री वितरण हुँदै आएको क्यास्परभन्दा केही ठूलो देखिन्छ । यसको लम्बाइ टाटाको पञ्चको जस्तै हुने बताइएको छ ।
यसमा १।२ लिटर नेचुरल्ली एस्पिरेटेड फोर सिलिन्डर पेट्रोल इन्जिन र १।० लिटर टर्बो जीडीआइ पेट्रोल इन्जिनको अप्सन दिइएको छ ।
यसमा भएको १।२ लिटर नेचुरल्ली एस्पिरेटेड फोर सिलिन्डरले ८३ बीएचपी पावर र ११३ एनएम पिक टर्क उत्पादन गर्छ । यसलाई ५ स्पीड म्यानुअल र ५ स्पीड अटोमेटिक म्यानुअल ट्रान्समिसनसँग जडान गरिएको छ।
त्यसैगरी, यसको १।० लिटर टर्बो जीडीआइ पेट्रोल इन्जिनले १२० बीएचपी पावर र १७८ एनएम पिक टर्क प्रदान गर्दछ । यसलाई ६ स्पीड आइएमटि र ७ स्पीड डीसीटी ट्रान्समिसन अप्सन दिइएको छ ।
हुन्डाई एआइ थ्री ग्रान्ड आइ १० नियोस र क्यास्पर एसयूभीमा झैँ के १ प्लेटफर्ममा आधारीत हुनेछ । यो गाडी भारतमा आगामी दोस्रो क्वाटरबाट बजारमा आउने अनुमान गरिएको छ । यो गाडी सार्वजनिकपछि टाटा पन्चसहित निसान म्यागनाइट, रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ ।


