काठमाडौं । एमजी मोटर इन्डियाले आगामी सातादेखि कोमेट मिनी ईभी विक्री वितरण गर्ने भएको छ । कम्पनीले भारतको गुजरातस्थित हलोलको म्यानुफ्याक्चरिङ प्लान्टबाट यो ईभीको उत्पादन सुरू भएको जानकारी दिएको छ ।
कम्पनीले ल्याउने कोमेट मिनी ईभीमा हुने पावरट्रेनको विषयमा अझै कुनै आधिकारिक जानकारी आएको छैन । यद्यपि, यसमा विलिङ एयर ईभीको जस्तै ब्याट्री प्याक रहने अनुमान गरिएको छ ।
विलिङ मिनी एयरमा १७.३ किलोवाट आवर र २६.७ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध छ । सम्भवत यही साइजको ब्याट्री कोमेटमा पनि रहने छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा क्रमशः २०० किलोमिटर र ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
यो ईभी ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर निर्माण गरिएको छ । यो विशेषगरी सिटी एरियाका ग्राहकका लागि केन्द्रीत गरिएको छ ।

यो मिनी ईभीको फ्रन्टमा आकर्षक तरिकाले एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ ।
यसको विन्डस्क्रीनको मुनि ओआरभीएम दिइएको छ भने, डुअल–टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप पाउन सकिन्छ ।
कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबी सहित पाँचवटा रङ्गमा उपलब्ध गराउने छ ।

यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत हुने अपेक्षा गरिएको छ ।
यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील लगायत पनि पाउन सकिन्छ ।

भारतीय बजारका एमजी कोमेट ईभीको मूल्य भने सुरूआती १० लाख हाराहारी रहने अनुमान गरिएको छ ।


