६२ हजार डाउन पेमेन्टमा गरेर पल्सर मोटरसाइकल चढ्न सकिने

काठमाडौं । ६२ हजार रुपैयाँ डाउनपेमन्ट गरेर बजाज पल्सर मोटरसाइकल चढ्न सकिने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द्र एण्ड कम्पनीले २५ औं वर्ष पुगेको अवसरमा यस्तो स्कीम ल्याएको हो ।

कम्पनीका अनुसार २५ प्रतिशत डाउनपेमेन्ट स्कीम अन्तर्गत ६२ हजार ७५० रुपैयाँ तिरेर पल्सर १२५ चढ्न सकिने भएको हो ।

कम्पनीले ल्याएको स्कीममा बजाजका कुनैपनि मोटरसाइकल २५ प्रतिशत डाउन पेमेन्ट गरेर किन्न सकिने भएको हो ।

बजाज पल्सर १२५ को मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ रहेको छ । २५ प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ खरिद गर्दा ग्राहकले १७ प्रशित ब्याज तिर्नु पर्ने हुन्छ भने, १८ र २४ महिनाको किस्ता सुविधा प्राप्त गर्नेछन ।

यस्तो छ पल्सर १२५

यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

नियोन ब्लूू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ ।

यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डीटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।


Back_to_top