सस्तो हुने भयो मोटरसाइकल, घट्यो कर

काठमाडौं । २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलको मूल्य घट्ने भएको छ । सरकारले आज ल्याएको बजेट मार्फत २५० सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलमा लगाउँदै आएको सडक निर्माण दस्तुर ३० हजारले घटाएसँगै मूल्य घट्ने भएको हो ।

त्यसैगरी यसअघि ९० प्रतिशतसम्म रहेको अन्तःशुल्क ३० प्रतिशतसम्मले घटेको कारण २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलको मूल्य घट्ने भएको ।

अहिले घटेको करको कारण रोयल इनफिल्ड, केटीएम, हस्कभर्ना, जावा, होन्डाको हाइनेस ३५० जस्ता मोटरसाइकलको मूल्य घट्ने भएको हो ।


Back_to_top