काठमाडौं । हालै भारतीय बजारमा सार्वजनिक भएको बजाज-ट्राइम्फको मोटरसाइकल स्पीड ४०० र स्क्रयाम्बल र ४०० एक्सको प्रिबुकिङ सुरू भएको छ ।
कम्पनीले भारतीय बजारमा प्रि-बुकिङ सुरू गरेको हो । मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले न्यूनतम २ हजार भारतीय रुपैयाँ तिरेर दुवै मोटरसाइकल बुकिङ गर्न सक्नेछन् ।
मोटरसाइकल बुकिङ गर्नका लागि ग्राहकले ट्राइम्फको आधिकारिक वेबसाइटमा गई बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
यी दुई मोडलका मोटरसाइकल कम्पनीले आगामी जुलाइ महिनामा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार अहिले बुकिङ गरेको मोटरसाइकल लन्चपछि खरिद गर्ने बेला मूल्य चित्त नबुझे, किन्न मन नलागे, मन नपरेको अवस्थामा बुकिङ रद्द गर्न सक्नेछन् ।
त्यसैगरी, बुकिङको लागि डिपोजिट गरिएको २ हजार रुपैँया समेत फिर्ता हुने कम्पनीले जनाएको छ ।
यस्ता छन् बजाज-ट्राइम्फको दुई नयाँ मोडल

कम्पनीले दुवै मोडलमा एउटै ३९८ सीसी क्षमताको डीओटीएच, लिक्वीट कुल्ड, फोरभल्ब, सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ४० बीएच पावर र ६५०० आरपीएममा ३७।५ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।
कम्पनीले दुबैवै मोटरसाइकलमा समान फिचरहरू दिएको जनाएको छ । स्पीड ४०० र स्क्रयाम ४०० मा ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्लीपर क्लच, एसिस्ट क्लच, राइड बाइ वायर टेक्नोलोजी, ग्रानुलर थ्रोटल मोडुलेसन, राउण्ड हेडलाइट, मिनिमल बडी पाउन सकिन्छ ।
त्यसैगरी, यी मोटरसाइकलमा ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी स्क्रीन, यूएसबी टाइप सी चार्जीङ पोर्ट, पूरै एलईडी लाइट्स, हिटेड ग्रीप, स्टेरिङ लक, एन्टि थेप्ट इमोबिलाइजर, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर छन् ।

स्पीड ४०० मा बार इन्ड मिरर, सिंगल टिप एगजस्ट र सिंगल सीट दिइएको छ भने स्क्रयाम ४०० मा ग्रील टेलर हेन्डलबार, नक्कल गार्ड, स्क्रयाम्बल स्टाइल डिजाइनमा ट्वीन टीप एग्जस्ट र स्प्लीट सीट रहेको छ ।
यी दुवै मोटरसाइकलको मूल्य भारतीय बजारमा ३ लाखभन्दा माथि हुने अनुमान गरिएको छ ।

