काठमाडौं । बजाज र ट्राइम्फको सहकार्यमा उत्पादन भएको ‘ट्राइम्फ स्पीड ४००’ मोटरसाइकल भारतमा डेलिभरी सुरू हुने भएको छ ।
ट्राइम्फको डिजाइन गरेको र बजाजले उत्पादन गरेको ट्राइम्फ स्पीड ४०० डिलर नेटवर्कमा पुगेको हो । कम्पनीले पहिलो ब्याच मोडलका मोटरसाइकल डेलिभरीका लागि पठाएको हो ।
४०० सीसीको यो मोटरसाइकलले भारतमा व्यापक चर्चा कमाइरहेको छ । सार्वजनिक भएको १० दिनभन्दा कम समयमा नै १० हजार यूनिट बुकिङ भएको थियो ।
हाल कम्पनीले स्पीड ४०० को बिक्री सुरू गरेको हो भने केही समयपछि स्क्रयाम्बलर ४०० सार्वजनिक गर्नेछ ।
कम्पनीले दुवै मोडलमा एउटै ३९८ सीसी क्षमताको डीओटीएच, लिक्वीट कुल्ड, फोरभल्ब, सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ४० बीएच पावर र ६५०० आरपीएममा ३७।५ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।
कम्पनीले दुवै मोटरसाइकलमा समान फिचरहरू दिएको जनाएको छ । स्पीड ४०० र स्क्रयाम ४०० मा ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्लीपर क्लच, एसिस्ट क्लच, राइड बाइ वायर टेक्नोलोजी, ग्रानुलर थ्रोटल मोडुलेसन, राउण्ड हेडलाइट, मिनिमल बडी पाउन सकिन्छ ।
त्यसैगरी, यी मोटरसाइकलमा ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलईडी स्क्रीन, यूएसबी टाइप सी चार्जीङ पोर्ट, पूरै एलईडी लाइट्स, हिटेड ग्रीप, स्टेरिङ लक, एन्टि थेप्ट इमोबिलाइजर, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर छन् ।
स्पीड ४०० मा बार इन्ड मिरर, सिंगल टिप एगजस्ट र सिंगल सीट दिइएको छ भने स्क्रयाम ४०० मा ग्रील टेलर हेन्डलबार, नकल गार्ड, स्क्रयाम्बल स्टाइल डिजाइनमा ट्वीन टीप एग्जस्ट र स्प्लीट सीट रहेको छ ।

