काठमाडौं । कोटेश्वर–कलंकी खन्डको १०.३९ किलोमिटर बिस्तार गरिएको सडकमा कालोपत्रे गर्ने सम्पूर्ण काम सकिएको छ । कलंकी खसिबजार क्षेत्रमा बाँकी रहेको १.५ किलोमिटर सडक कालोपत्रे गरेसँगै उक्त खन्डको सम्पूर्ण कालोपत्रे गर्ने काम सकिएको हो ।
अबको दुई महिनामा उक्त खन्डको चक्रपथ विस्तारको सम्पूर्ण काम पुरा हुने आयोजनाले जनाएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको उक्त सडक खन्डको अन्तिम चरणको काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार अब सामान्य फिनिसिङका काम मात्रै बाँकी रहेको छ ।
अब जेव्रा क्रसिङ कोर्ने, ट्रफिक सिग्नल राख्ने, कलर गर्ने, फुटपाथ निर्माण गर्ने जस्ता कामहर बाँकी रहेको आयोजनाले जनाएको छ ।
चीन सरकारको करिव ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा निर्माण भैरहेको कोटेश्वर-कंलकी १०.३९ किलोमिटर सडक खण्डको काम चिनियाँ कम्पनी सांघार्इ कन्स्ट्रक्सनले काम गरिरहेको हो।


