अमेरिकन बाइक निर्माता कम्पनी इन्डियन मोटरसाइकलले लामो प्रतिक्षा पछि हेवी मोटरसाइकल सार्वजनिक गरेको छ । इन्डियनले नयाँ मोटरसाइकल एफटीआर१२०० सार्वजनिक गरेको हो ।
जर्मनीमा भएको २०१८ इटरमोट मोटरसाइकल सोमा उक्त मोटरसाइकल प्रदर्शनी गरिएको हो । यो अमेरिकन ब्रान्डको इन्डियन मोटरसाइकलको पहिलो नन्–क्रुज मोटरसाइकल हो ।
इन्डियन एफटीआर १२०० दुई भेरियन्टमा उपलब्ध हुने छ । एफटीआर १२०० र एफटीआर १२०० एसमा आउने छ भने स्ट्यान्डर्डमा सिंगल पड सेमि–डिजिटल कन्सोल हुने छ । त्यस्तै एस भेरियन्टमा ४.३ इन्च टच स्क्रिन टीएफटी डिस्प्ले र फोन कनेक्टिभिटी अप्सन हुनेछ ।
कम्पनीले यो मोटरसाइकलको इन्जिनमा ८० प्रतिशत नयाँ बनाएको छ । १२ सय ३ सीसीको भी–ट्वीन इन्जिनयुक्त मो मोटरसाइकलले ८२ सय ५० आरपीएममा १ सय २० एचपी पावर र ६ हजार आरपीएममा १ सय १२.५ एनएम टर्क दिन्छ । त्यस्तै यो मोटरसाइकलमा ६ स्पीड ट्रान्समिसन रहेको छ ।
यो मोटरसाइकलमा तीन राइडिङ मोड रहेको छ । त्यस्तै मोटरसाइकलमा एबीएस, आइएमयू पावर ट्राक्सन कन्ट्रोलजस्ता सुरक्षा विशेषताहरु रहेका छन् । इन्यिन एफटीआर१२०० को बिक्री अमेरिकामा २०१९ को सुरुवातदेखि हुने छ । यो मोटरसाइकलको सुरुवाती मूल्य १२ हजार ९ सय ९ढ अमेरिकी डलर हुने छ । त्यस्तै एफटीआर१२०० एसको मूल्य १४ हजार ९ सय ९९ डलर तोकिएको छ । भारतमा भने यो मोटरसाइकलको बिक्री २०१९ को सेकेन्ड हाफबाट हुनेछ ।

