काठमाडौं । सडकमा मोटरसाइकल चलाउँदा एक यूट्यूवर जेल चलान भएका छन् । सडकमा स्टन्ट गरेको भन्दै चेन्नाईका एक यूट्यूवर टीएफटी वासनको १० वर्षको लागि लाइसेन्स खारेज गरिएको हो ।
यूटूवर टीएफटी वासनलाई काचीपुरमको चेन्नाई-वेल्लोर हाइवेमा तिब्र गतिमा लापरवाहीका साथ मोटरसाइकल चालएको आरोपमा प्रहरीले प्रकाउ गरेको हो ।
उक्त घटनामा चालक वासर घाइते भएका थिए । उनले प्रहरीमा आफुले तिब्र गतिमा मोटरसाइकल नचलाएको तर, आकस्मिक ब्रेक लगाउँदा पछाडिको पाङ्ग्रा माथि उठेको बयान दिएका थिए ।
तमिल नाडु सरकार परिवहन विभागले १० वर्षको लागि उनको सवारी चालक पत्र अयोग्य घोषणा गरेको हो । सरकारको निर्णयसँगै उनले अव १० वर्षसम्म मोटरसाइकल चलाउन पाउने छैनन् । उनी यूटूव, इन्स्टाग्राम लगायत सामाजिक संजालमा लोकप्रिय छन् ।
पछिल्लो समय नेपालमा पनि मोटोभग्लरको नाममा सडकमा स्टन्ट गर्दै हिड्नेको संख्या बढ्दो छ । धेरैले सामाजिक संजालमा भारइल हुने लोभमा यस्तो कार्य गर्ने गरेको पाइन्छ ।
नेपालमा पनि सार्वजनिक स्थलमा स्टन्ट गर्न, लापरवाही गरेर सवारी चलाउन बन्देज गरिएको छ । त्यसैले यस्ता स्टन्ड नगर्न हामी सबैमा आग्रह गर्दछौं ।


