नाडामा ओमोडा, जेको र आइकारमा साढे ३ लाखसम्म छुट, कुनमा कति ?

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा ओमोडा/जेको र आइकार ब्राण्डका विद्युतीय कार खरिदमा आकर्षक छुट पाइने भएको छ ।

नेपालका लागि यी तीनै ब्राण्डको आधिकारिक बिक्रेता एसपीजी आटोमोबाइल्सले नाडामा साढे ३ लाख रुपैयाँसम्म छुट दिने भएको हो ।

कम्पनीका अनुसार नाडा अटो शोमा लन्च गरिएको जे फाइभको नयाँ प्रो भेरियन्टमा ग्राहकले सर्वाधिक ३ लाख ६० हजार रुपैयाँ छुट दिएको छ । कम्पनीले जे फाइभ प्रोको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकेको छ । तर, नाडा अफरमा ४७ हजार ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, जेको जे सिक्स टीमा १ लाख छुट दिएको छ । ६९ लाख ९९ हजार पर्ने जे सिक्स टी एसयूभी ६८ लाख ९९ हजार रुपैयाँमै पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले आइकार भी २३ एसयूभी किन्नेलाई ३ लाख रुपैयाँ छुट दिएको छ । नाडामा आइकार भी २३ खरिद गर्नेले ५० लाख ९९ हजार रुपैयाँमै पाउने छ । यसअघि आइकार भी २३ एसयूभी ५३ लाख ९९ हजार रुपैयाँमै बिक्री हुँदै आएको थियो ।

त्यसैगरी, कम्पनीले ओमोडा ई फाइभमा २ लाखसम्म छुट दिएको छ । कम्पनीले ई फाइको प्रो भेरियन्टमा १ लाख ६० हजार रुपैयाँ र रेगुलर भेरियन्टमा २ लाख छुट दिएको छ । सो अनुसार ग्राहकले ५१ लाख ५९ हजार आधिकारिक मूल्य रहेको ई फाइभ प्रो नाडामा ५९ लाख ९९ हजार रुपैयाँ र ५६ लाख ९९ हजार रुपैयाँँ पर्ने ओमोडा ई फाइभ ५४ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् ।

साथै, नाडामा यी तीनै ब्राण्डका गाडी किन्नेले ११ वर्षसम्मको विस्तारित वारेन्टी, १ वर्षको इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क पाउने कम्पनीले जनाएको छ । साथै, लक्की ड्रबाट भाग्यशाली दुई जनाले चीन भ्रमणको अवसर पाउने छन् । आइकार भी २३ को हकमा थप ७ किलोवाटको चार्जर निःशुल्क पाउने छन् ।


Back_to_top