काठमाडौं । यसअघि रक्की माउन्टेन इन्टीच्यूट नामबाट चर्चित रहेको ‘आरएमआई’ले ईभीको विषयमा फरक अध्ययन सार्वजनिक गरेको छ । यसअघि भएका प्रक्षेपणले ईभीको ग्रोथ अहिले बजारमा देखिए अनुसार हुने बताएका थिए । तर, आरएमआईले ईभीको ग्रोथ अहिले आएका प्रक्षेपणभन्दा तिब्र गतिमा हुने देखाएको हो ।
उसले आफ्नो रिपोर्टमा ईभी क्रान्तिका ५ तथ्य बाहिर ल्याएको छ । उसले सार्वजनिक गरेको रिपोर्टमा आइस भेहिकलको आयु समाप्त हुने, विश्वब्यापी पेट्रोलियम पदार्थको डिमान्ड आधा घट्ने र ठूला निर्माताले नसोचेको क्षेती ब्योहोर्ने आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
एस कर्भ ग्रोथः आरएमआईको रिपोर्टमा विश्वभर ईभीको बजार ‘एस कर्भ’ आकारमा ग्रोथ हुने उल्लेख गरेको छ । यस्तो ग्रोथ एकपछि अर्को देशमा तिब्र गतिमा फैलिरहेको र पछिल्ला ६ वर्षमा १ प्रतिशतबाट १० प्रतिशत माथि पुगिसकेको र अबको ६ वर्ष भित्र ८० प्रतिशत हिस्सा ईभीको पुग्ने उल्लेख छ । सन् २०२३ को अन्त्यसम्ममा नै हरेक ५ कारमा एउटा ईभी बिक्री हुने अवस्था आएको रिपोर्टमा उल्लेख छ ।

विगतका प्रक्षेपण नै गलतः आरएमआईले आफ्नो रिपोर्टको दोस्रो बुँदामा यसअघि भएका ईभीको विकास र बिस्तार सम्बन्धी अनुमान नै हेपेर गरिएको उल्लेख गरेको छ । अहिले २० प्रतिशत हाराहारी पुगेको ईभीको बजार हिस्सा २०३० मा निकै ठूलो करिब ८० प्रतिशत हाराहारी पुग्नेछ ।
चालकको सोचमा परिवर्तनः ईभीको तिब्र बिस्तारमा चालकहरुले पाएको समस्या रहित ड्राइभिङ सुविधा मुख्य कारण हो । साथै, निकै सस्तो प्रतिकिलोमिटर रनिङ कष्ट, घट्दो ब्याट्रीको मूल्य र थोरै सभिर्सिङ खर्चको कारण ईभी चलाएका चालक फर्केर पेट्रोलियम पदार्थबाट चल्ने कार चलाउन नसक्ने अवस्थामा आइपुगेको देखिन्छ ।
निरन्तर आक्रमक बिस्तारः सन् २०२६ बाट ईभीले कुल कार बिक्रीमा इन्टरनल कम्बस्चनलाई उछिन्ने छ । अहिलेकै रफ्तारमा जाँदा सन् २०३१ पछि पेट्रोलियम पदार्थबाट चल्ने कारको हिस्सा १४ प्रतिशत मात्रै रहन सक्ने देखिन्छ ।
तेलको मागमा उच्च गिरावटः विद्युतीय कारको प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको मागमा उच्च गिरावट आउने निश्चित छ । अहिलेकै रफ्तारमा ईभीको विकास र प्रयोग बढ्ने हो भने अबको १५ वर्ष भित्र कारले प्रयोग गर्ने पेट्रोलियम पदार्थको माग ९५ प्रतिशत घट्ने र २० वर्ष भित्र प्रयोग नगन्य मात्रै रहने छ । दुई पाङ्ग्रे र केही ठूला गाडीको लागि चाहिने पेट्रोल अहिलेको तुलनामा ४० प्रतिशत उत्पादनले धान्ने देखिन्छ ।

