काठमाडौं । रोयल इनफिल्डको लेजन्डरी अफरोड एड्भेन्चर मोटरसाइकलको उत्पादन बन्द हुने भएको छ । चेन्नाइ वेस प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले हिमालयन ४११ को उत्पादन बन्द गर्ने भएको हो ।
बहुप्रतिक्षित मोटरसाइकल हिमालयन ४५० सार्वजनिक भएसँगै हिमालयन ४११ को उत्पादन बन्द गर्ने कम्पनीले बताएको हो ।
२०१६ देखि हिमालयन ४११ को उत्पादन तथा विक्री वितरण सुरु गरेको थियो । यो मोडल नेपाली बजारमा प्रवेश नगर्दै बन्द भएको हो ।
भारतको गोवामा जारी मोटोभर्स २०२३ मा कम्पनीले हिमालयन ४५० सार्वजनिक गरेको हो । कम्पनीले २ लाख ६९ हजार (एक्स सोरुम) भारतीय मूल्य तोकेर सार्वजनिक गरेको हिमालयन ४५० को प्रि बुकिङ खुल्ला गरेको छ ।
नयाँ हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन रहेको छ । इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, स्लीपर एसिस्ट क्लच, यूएसडी÷मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।

