टोयोटाले भारतमा बनाउने भयो तेस्रो प्लान्ट

काठमाडौं । जापानी अटो जाइन्ट टोयोटाले भारतमा तेस्रो प्लान्ट स्थापना गर्ने भएको छ । कम्पनीले टोयोटाका गाडीको माग भारतमा निरन्तर वृद्धि भएसँगै नयाँ प्लान्ट लगाउने भएको हो ।

नयाँ प्लान्ट स्थापना गर्न जापानी निर्माता टोयोटाले भारतको कर्नाटक सरकारसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कम्पनीका अनुसार नयाँ बन्ने प्लान्टमा वार्षिक एक लाख यूनिट कार उत्पादन हुनेछ ।

कम्पनीले नयाँ प्लान्ट स्थापना गर्न ३ हजार ३०० करोड लगानी गर्ने जनाएको छ । उक्त प्लान्ट संचालनमा आएसँगै यहाँ २ हजार हाराहारी जनशक्तिले नयाँ रोजगारी पाउने छन् ।

टोयोटाले भारतीय बजारमा प्रबेश गरेको २५ वर्षको अवसर पारेर उक्त प्लान्ट संचालन गर्न लागिएको हो । सन् २०२६ मा टोयोटा भारत आएको २५ वर्ष पुग्ने छ । त्यहि समयबाट नयाँ प्लान्ट संचालनमा आउने छ ।

नयाँ प्लान्टबाट सुरुमा टोयोटा कोरोला क्रस मोडल उत्पादन हुनेछ । यहाँ बन्ने लामो साइजको कोरोला क्रसमा तीन रो सिट दिइने छ । टोयोटाले कारोल्ला क्रसमा आधारित ७ सिट क्षमताको एसयूभी बार्षिक ६० हजार यूनिट उत्पादन गर्नेछ ।


Back_to_top