कियाले पनि ल्याउने भयो पीकअप, प्रतिस्पर्धा हाइलक्ससँग

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी किया मोटर्सले टोयोटा हाइलक्सको प्रतिस्पर्धी पिकअप ट्रक छिट्टै बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने पीकअप निकै रगेड डिजाइनमा आउने भएको हो ।

पीकअपको बजार माग बढ्दै गएको समयमा कियाले ल्याउन लागेको ट्रकको नाम ‘ट्याजम्यान’ राखिएको छ । आगामी महिना ग्लोवल प्रिमियर हुने ट्याजम्यानको बिक्री पनि २०२४ को मध्येबाट सुरु हुने बताइएको छ ।

कम्पनीले ल्याउने पीकअपको टिजर भिडियो अष्ट्रेलियाबाट बाहिर आएको हो । कियाले यसलाई अष्ट्रेलियाबाट बिक्री सुरु गर्न लागेको अनुमान गरिएको छ ।

किया मोटर्सको पहिलो पीकअपको रुपमा आउने ट्याजम्यान ल्याडरफ्रेम आर्किटेक्चरमा निर्माण भएको हो । यो पीकअपमा कियाको कार्निभल एमपीभीमा प्रयोग भइरहेको २.२ लिटर क्षमताको डिजेल इन्जिन प्रयोग हुनेछ ।

बक्सी अपराइट स्ट्यान्स, हाइग्राउण्ड क्लियरेन्स तथा एङ्गुलर डिजाइनमा रहेको यो पिकअपको प्रतिस्पर्धा टोयोटा हाइलक्स, फोर्ड रेन्जर तथा फक्सवागेन एमरकसँग हुनेछ ।


Back_to_top