जीप कम्पासको नयाँ भेरिएन्ट नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । जीप कम्पासको नयाँ संस्करण ‘ब्ल्याक प्याक एडिसन’ नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । 

नेपालको लागि जीपको आधिकारीक विक्रेता एमएडब्ल्यु लाइफले यसको नेपाली बजारमा मूल्य ९८ लाख ९० हजार रुपैयाँ तोकेको छ । 

ब्ल्याक प्याक लिमिटेड एडिसनलाई जीप कम्पासको टप भेरियन्टमा निर्माण गरिएको छ । नयाँ मोडलमा कालो रङ्गको विशेष प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पासको यो मोडलको बाहिर विङ्ग मिररकासाथै एलोय ह्वील दिइएको छ । उक्त ह्वीलमासमेत कालो रङ्गको प्रयोग गरिएको छ । 

कन्ट्रास्ट बढी कलरले यो एसयूभीलाई आकर्षक बनाइएको छ । यसको क्याबिन लेआउटमा कुनै परिमार्जन गरिएको छैन । कम्पासको ड्यूल टोन अफ ह्वाइट र ब्ल्याक कलर थिमलाई अल ब्ल्याक इन्टेरियरमा परिमार्जन गरिएको छ ।

स्टेरिङ्ग ह्वील, इन्स्टुमेन्ट क्लस्टर, सेन्टर कन्सोलदेखि लिएर डोरपेड्स क्रोमसम्म उत्कृष्ट संयोजन गरिएको कम्पनीले दाबी गरेको छ ।

लिमिटेड भेरियन्टजस्तै यसमा पनि २.० लिटर ४ सिलिन्डर मल्टीजेट डिजेल इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले १७३ बीएचपी पावरकासाथै ३५० न्यूटन मिटर टर्क उत्पादन गर्छ । भने इन्जिनमा सिक्स स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । 


Back_to_top