ईभीको रेन्ज टेष्टमा अब्बल बन्दै ‘इपीए’, चर्चित कारहरुको रेन्ज नै कम

काठमाडौं । इलेक्ट्रीक भेहिलकको बढ्दो प्रयोगसँगै विभिन्न देशहरुले आ-आफ्नै रेन्ज टेस्ट गर्ने मापदण्ड विकास गरेका छन् । युरोपमा एनइडीसी (न्यू युरोपियन ड्राइभिङ साइकल) को प्रयोग हुने गर्छ ।

इलेक्ट्रीक भेहिकलको अग्रणी देश चीनमा सीएलटीसी (चाइना लाइट ड्यूटी भेहिकल टेस्ट साइकल) ले रेन्ज टेस्ट रिपोर्ट दिन्छ । भारतमा आइडीसी साइकल ( इन्डियन ड्राइभिङ साइकल) नामबाट एआरएआईले रेन्ज टेस्ट गर्छ ।

यूरोपमा एनइडीसीको सट्टा डब्लुएलटीपी (वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसिड्युर) धेरै चल्ती र विश्वसनिय छ । अहिलेसम्म विश्वव्यापी रुपमा डब्लुएलटीपीलाई वेन्चमार्कको रुपमा लिने गरिएको छ ।

डब्लुएलटीपी रेन्ज पनि रियल वर्ल्ड रेन्जको तुलनामा २० देखि २५ प्रतिशतसम्म धेरै भएको डाटाहरु आइरहेका छन् । त्यसैले रियल वर्ल्डसँग मिल्दोजुल्दो रेन्जको लागि आजकल इपीए टेस्ट साइकलले विश्वास जित्दै गएको हो ।

अमेरिकामा विकास गरिएको इपीए साइकलमा ईभीहरुलाई ल्यावमा डाइनोमिटरमा टेस्ट गरिएको हुन्छ । यसमा मूख्यतथा दुई थरिको टेस्ट हुन्छ । पहिलो अर्वान डाइनोमिटर ड्राइभिङ सेडुल र हाइवे फिउल इकोनोमी टेस्ट जसले सहरी र हाइवेको दुबैको रेन्जलाई औषत गरेर परिणाम घोषणा गर्छ ।

इपीए टेस्टिङ गर्नु अघि ईभीलाई फुल चार्ज गरेर रातभर त्यतिकै छाडिन्छ । यसको टेस्टमा सहरी क्षेत्रमा ४५ प्रतिशत र हाइवेमा ५५ प्रतिशत ब्याट्री प्रयोग गरिन्छ । त्यसपछि कारलाई फेरी फुल चार्ज गर्दा कति बिजुली लाग्छ, त्योसमेत ध्यानमा राखिन्छ ।

इपीए टेस्ट साइकल अहिलेसम्मको सबैभन्दा स्ट्रीक टेस्ट मानिन्छ । कम्पनीले दावी गरेभन्दा निकै कम रेन्ज देखिने भएकाले ईभी कम्पनीहरुले इपीए साइकल रिपोर्ट बाहिर ल्याउदैनन् ।

अमेरिकामा गरिएको एक परिक्षणमा फक्सवागेन इलेक्ट्रीक गल्फको इपीए रेन्ज १९० किलोमिटर मात्र आएको थियो । जबकी यसको एनइडीसी रेन्ज ३०० किलोमिटर र डब्लुएलटीपी रेन्ज २३१ किलोमिटर थियो ।

इपीए टेस्टमा पावर कन्जप्सन पनि १०० किलोमिटरका लागि १७.५ किलोवाट आवर देखिएको थियो । यो आंकडा १०० किलोमिटरको लागि एनइडीसी र डब्लुएलटीपीमा क्रमश १३.२ र १५.८ किलोवाट आवर रहेको थियो ।

त्यस्तै, ६० किलोवाट आवर ब्याट्रीप्याक भएको निसान लिफको २१२ किलोमिटर, ८२ किलोवाटा आवरको अउडी इट्रोनको २६५ किलोमिटर, ६४.८ किलोवाट आवरको किया निरोको २५३ किलोमिटर रेन्ज इपीएले प्रमाणित गरेको छ ।

त्यसैगरी, ४८.६ किलोवाट आवरको हुन्डाई कोनाको २०० किलोमिटर तथा ६४.८ किलोवाट व्याट्रीबाट २६१ किलोमिटर इपीए रेन्ज रहेको छ । त्यस्तै, आयोनिक ५ को ५८.२ किलोवाट आवरको ब्याट्रीप्याकले २२० किलोमिटर र ७७.४ किलोवाटको ब्याट्री प्याक रहेको किया ईभी-सिक्सको ३१० किलोमिटर इपीए रेन्ज प्रमाणित भएको छ ।


Back_to_top