काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले ल्याएको नयाँ वर्ष स्कीमको आज अन्तिम दिन रहेको छ । कम्पनीको नयाँ वर्ष स्कीम अन्तर्गत ३० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्ने आज अन्तिम अवसर हो ।
कम्पनीले नगद छुट, लो डाउन पेमेन्ट, एक्सचेन्ज जस्ता सुविधा सहितका योजना समावेश भएका नयाँ वर्ष स्कीम ल्याएको थियो ।
कम्पनीका अनुसार नगदमा मोटरसाइकलमा किन्न चाहाने ग्राहकले हात खाली नहुने नगद छुटका साथै हरेक हप्ता १ लाख रुपैयाँ जित्न सक्नेछन् । त्यस्तै, फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहने ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । ३० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ३६ महिनाको किस्तामा मोटरसाइकल चढ्न सक्नेछन् ।
बजाजले नेपाली बजारमा १ लाख ९५ हजार ९०० रुपैयाँदेखि ६ लाख ५४ हजार ९०० रुपैयाँसम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

