काठमाडौं । कावासाकीले इन्डोनेशियन बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले कावासाकी डब्लू १७५ मोटरसाइकलको २०२५ भर्सन एसई, एसई ब्लाक स्टाइल, क्याफे र टीआर गरी भिन्न चार भेरियन्ट बिक्री सुरु गरेको हो ।
इन्डोनेशियामा बिक्री सुरु भएको भएको कावासाकी डब्लू १७५ मोडल नेपाल पनि आउने छ । नेपालमा कावासाकीले आधिकारीक बिक्रेता नियुक्त गरिसकेको छ । त्यसैले ब्राण्डकै सबैभन्दा सस्तो डब्लू १७५ मोटरसाइकल नेपाल आउने मोडलमा पर्छ ।
कावासाकी डब्लू १७५ मोटरसाइकलमा १७७ सीसी एयर कूल्ड, सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १३ ब्रेकहर्स पावर तथा १३.२ एनएमको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।
नयाँ मोडल डब्लू १७५ भेरियन्ट अनुसार छुट्टा छुट्टै कलर अप्सनमा उपलब्ध भएको हो । यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क, रियरमा प्रिलोडेड एड्जस्टेवल डवल सक अब्जर्बार सस्पेन्सन सेटअप रहेको छ भने अगाडि डिस्कब्रेक र पछाडी ड्रमब्रेकसंगै १७ इन्चको स्पोक ह्वील रहेको छ ।
डवल क्रेडल फ्रेममा आधारित रहेको यस मोटरसाइकलको फ्युल ट्याकंमा नयाँ र आधुनिक ग्राफिक्स डिजाइन पाउन सकिन्छ । त्यस्तै यस मोटरसाइकलमा ट्याकं ग्रिप, ब्रस्ड ह्यान्डलबार, फ्रन्ट फेन्डर, बस प्लेट, सिंगल पिस सीट, मिटर भाइजर, क्रोम एग्जस्ट हिट सिल्ड, गोलाकार किसिमको सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ओडोमिटर, ट्रीप मिटर जस्ता फिचरहरु रहेका छन् ।

