काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले दुई स्कुटरको बिक्री बन्द गरेको छ । कम्पनीले जुपीटर र विगोको बिक्री बन्द गरेको हो ।
जगदम्वा मोटर्सले आफ्नो वेवसाइटबाट जुपीटर र विगो स्कुटर हटाएको छ । कम्पनीको वेसाइटमा अव टीभीएस एनटर्क तथा इलेक्ट्रीकमा आइक्यूव मात्र स्कुटर सेग्मेन्टमा उपलब्ध छ ।
कम्पनीले एनटर्क १२५ लाई विभिन्न ६ भेरियन्ट वेभसाइटमा लिस्टिङ गरेको छ । जसमा, एनटर्क आरटीएफआई बीएस ६, एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क सुपर स्क्वाड, एनटर्क एक्सपी र एनटर्क रेस एडिशन छन् ।

जगदम्बा मोटर्सले वेभसाइटबाट हटाएको जुपीटर २ लाख ११ हजार ९०० र विगो २ लाख २६ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको थियो ।
वेभसाइटबाट हटाईका यी दुई मोडल कुनै कुनै शोरुममा अझै स्टक हुन सक्ने अनुमान गरिएको छ । तर, त्यसको एकिन विवरण भने आएको छैन ।
पछिल्लो ६ महिनामा आयात भएको स्कुटरको सूचीमा जुपीटर र विगो दुबै छैनन् । तर, सन् २०२४ को पहिलो ५ महिनामा जगदम्वामा मोटर्सले ६ हजार ४०० यूनिट एनटर्क ल्याएको भन्सार तथ्यांकले देखाउँछ ।
कम्पनीले जुपीटर र विगोको बिक्री बन्द भएको आधिकारिक घोषणा भने गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा पनि कुनै मोडलको आधिकारीक बन्द घोषणा कमै सुन्न पाइन्छ । लामो समयदेखि आयात नहुनु र वेभसाइटबाट स्कुटर हटाउनुले यी दुई मोडलको बिक्री बन्द भएको बुझ्न सकिन्छ ।

