काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले एक साथ दुई खुसी सेलिब्रेट गर्ने भएको हो । कम्पनीले आफ्नो थाइल्याण्ड प्लान्ट भोलि जुलाई ४ तारिखबाट संचालनमा ल्याउँदै छ भने ८० लाख यूनिट कार बिक्रीको उत्सव पनि मनाउँदै छ ।
करिब १३ वर्ष अगाडि न्यू इनर्जी भेहिकल उत्पादनमा होमिएको बीवाइडीले ८० लाख यूनिट उत्पादन पुरा गर्न लागेको हो । कम्पनीले आफ्नो ८० लाख औं यूनिट कार चीनमा वा थाइल्याण्डको नयाँ प्लान्टबाट गर्छ त्यो भने एकिन जानकारी बाहिर आएको छैन ।
थाइल्याण्डको प्लान्ट बीवाइडीको आफ्नै एकल स्वामित्वमा रहेको प्लान्ट हो । त्यसैले पनि यहि प्लान्टबाट ८० लाख औं कार उत्पादन हुन सक्नेछ ।
बीवाइडीका उत्पादनहरु एशियाली र दक्षिण अमेरिकी देशहरुमा निकै सफलता हासिल गर्दै अगाडि बढेका छन् । नेपालमा पनि बीवाइडीको एटो–थ्री र डल्फीन निकै सफल मोडल हुन् । दुबै सेग्मेन्टमा नम्बर वान सेलिङ मोडल भएका छन् ।


