काठमाडौं । ओमोडाको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले नेपालगञ्जमा नयाँ डिलर संचालनमा ल्याएको छ । कम्पनीले नेपालगञ्जको करकन्दोमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।
स्थानिय, मिडिया र अतिथिहरुको बाक्लो उपस्थितिमा उद्घाटन भएको नयाँ शोरुबाट गाडी किन्ने ग्राहकले बजेट अगाडिकै पुरानो मूल्य ६१ लाख ९९ हजार रुपैयाँमा ओमोडा ई-फाइभ दरिद गर्न सक्नेछन् । ड्यूल टोन कलरको गाडीको मूल्य ६२ लाख ४९ हजार रहेको छ ।
नयाँ शोरुम उद्घाटन समाहरोहमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नयाँ शोरुम उद्घाटनपछि एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, ‘हामी ओमोडा ई-फाइभले पाइरहेको बजार प्रतिक्रियाबाट निकै उत्साही छौं । साथै, नेपालगञ्ज क्षेत्रमा रहेका ग्राहक र उपभोक्ताको चाहना अनुसार नै हामीले नयाँ शोरुम संचालनमा ल्याएका हौं । यसले राम्रो सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता छ ।’
नेपालगञ्जमा एसपीजी अटोमोबाइल्सको डिलरको रुपमा सिद्धार्थ टेक प्रालिलाई नियुक्त गरेको हो ।
ओमोडा ई-फाइभ नेपालमा सफल इलेक्ट्रीक एसयूभी हो । यसमा रहेको ६१ किलोवाट आवरको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिन्छ । यसमा १८० एमएमसम्म ग्राउन्ड क्लियरेन्स रहेको छ ।
ओमोडा ई-फाइभमा ९९ किलोवाटको मोटर र लेभल २.५ एडास फिचर पाउन सकिन्छ ।


