सेग्मेन्टमा हार्लेलाई पछि पार्‍यो रोयल इनफिल्डले

भारतीय बजारमा रोयल इनफिल्डले कन्टिनेन्टल जिटी ६५० र इन्टरसेप्टर ६५० सार्वजनिक भएको एक महिना पुरा भएको छ । 

सार्वजनिक भएको पहिलो महिनामै कम्पनील डबल सिलिन्डर सेग्मेन्टमा लिडर भएको छ । यससँगै कम्पनीले आफ्नो उपस्थितिलार्र्इ बलियो बनाएको हो ।

यो सेग्मेन्टमा भारतीय बजारमा हार्ले डेभिड्सन स्टि«ट ७५० र निन्जा ३०० लाई पछि पारेको हो । यी बाइकहरु डबल सिलिन्डर सेग्मेन्टका बाइक हुन् । हार्ले र निन्जाको तुलनामा रोयल इन्फिल्डका बाइक सस्तो रहेको छन् । रोयल इनफिल्डको पुरानै शैलिमा तयार गरिएको यी बाइकहरुमा डिजिटल कल्स्टर, एलइडी टेलल्याम्प जस्ता फिचरसमेत दिएको छैन । 

भारतीय बजारमा हार्ले स्टि«ट ७५० गत महिना १५४ यूनिट बेच्दा कावासाकी ‘निन्जा ३००’ ११८ यूनिट मात्र बिक्री गर्न सफल भएको छ । रोयल इनफिल्ड ६५० ले पहिलो महिनामै ३५० यूनिट बेच्दै सेग्मेन्टमा पहिलो भएको हो ।

यी दुबै बाइकमा ६४८  सीसी प्यारलल् ट्वीन इन्जिन लगाइएको छ । यसले ४७ बिएचपी पावरका साथै ५२ एनएम टर्क उत्पादन गर्छ । 

५ स्पीड म्यानुअल गियरबक्स र स्लीपर क्लच दिइएको छ । दुबै मोटरसाइकलको लेन्थ २ हजार १२२ एमएम रहेको छ । दुबै बाइकको सिटको उचाई ८ सय ४ एमएम रहेको छ । 

इन्सेप्टरमा १३.७ लिटर फ्युल ट्यांक दिइएको छ भने, कन्टिनेन्टल जिटी ६५०मा १२.५ लिटर फ्युल ट्यांकी लगाइएको छ । 


Back_to_top