काठमाडौं । लक्ष्मी ग्रुप ४६ औं वर्षमा प्रवेश गरेको छ । अटोमोवाइल व्यवसायका साथै विभिन्न उद्योगधन्दा सञ्चालन गर्दै आइरहेको लक्ष्मी ग्रुपले आफ्नो ४५ औं बार्षिकोत्सव सामाजिक कार्य गरि मनाएको छ ।
लक्ष्मी ग्रुपले यहि पुष ५ गते आफ्नो कर्पोरेट डे हर्षोउल्लासका साथ मनाएको हो । स्थापना कालदेखीनै विभिन्न व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै आएको लक्ष्मी गु्रपले आफनो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा “रक्तदान जिवनदान”भन्ने मुल नारालाई सार्थक गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो रक्तदान कार्याक्रममा पोखरा स्थित कार्यलयमा १ सय १६ तथा काठमाडौंस्थित कार्यलयमा ७५ गरि कुल १ सय ९१ जनाले रत्तदान गरेका थिए ।
यसको साथै उक्त दिन कम्पनीले नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एस.जि.सि.पि नेपालका बालबालिकाहरुलाई स्कूल व्याग र न्यानो ज्याकेटहरु प्रदान गरेको थियो । एस.जि.सि.पि नेपाल पक्षघाटबाट पिडित तथा उनका आफन्तजनको जीवनस्तर उकास्नका लागि योगदान कार्यमा संलग्न संस्था हो । साथै यो समुह अन्र्तगतको लक्ष्मी इन्टर कन्टिनेन्टलले सूर्यविनायक मन्दिर, वटुक भैरव मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।
लक्ष्मी गु्रपका अन्य कम्पनीहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जया प्याकेजिङ्ग प्रा.लि., सुजल प्लाष्टिक प्रा.लि लगायत अन्य कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । सुजल फुड्सले गोकर्णस्थित जोइन्ट डिसएबल यूनिटी आवाज सेन्टर र सिफल स्थित चाइल्ड प्रोटेक्सन होमका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरेको थियो ।
सुजल डेरीले किर्तिपुरको भत्केपाटी स्थित बेवी लाईफ होम (अनाथलय) का बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरि विभिन्न उपहारहरु प्रदान गरिएको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । लक्ष्मी ग्रुपले आगामी वर्षहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता गरेको छ ।

