कोरियाली सरकारले मुद्दा हाल्यो बीएम-डब्ल्यूलाई, १ अर्ब १२ करोड जरिवाना माग

जर्मनी अटोमोबाइल्स कम्पनी बीएम–डब्ल्यूले दक्षिण कोरियालाई ९९ लाख डलर अर्थात् १ अर्ब १२ करोड नेपाली रुपैयाँ बराबर जरिवाना तिर्नुपर्ने माग सहित मुद्दा दायर भएको छ । कोरियाले बीएम–डब्ल्यूको गाडीको इन्जिनमा आगो लाग्ने समस्यामा निरन्तर दोहोरिँदा पनि गाडी फिर्ता लिन ढिलाई गरेको भन्दै उक्त जरिवानाको मागेको हो । 

दक्षिण कोरियाको यातायात मन्त्रालयले करिब पाँच महिनाको अनुसन्धान तथा अध्ययनपछि बीएम–डब्ल्यूले गाडीमा देखिएको समस्या लुकाउने कोशिस गरेको निश्कर्ष निकालेको हो । 

त्यतिमात्रै नभई आफ्नो प्रतिष्ठा बचाउनका लागि गाडी फिर्ता गर्न आलटाल गरेको आरोप लगाएको छ । यो वर्षको सुरुवातामा बीएम–डब्ल्यूले दक्षिण कोरियामा बिक्री गरेको ४० वटा कारको इन्जिनमा आगो लाग्ने समस्या देखापरेको थियो । 

उक्त गाडीको एक्जस्ट ग्यास रि–सक्र्यूलेशन कुलको भल्भमा समस्या आएको सवारी विशेषज्ञले बताएका छन् । कम्पनीले उक्त घटनाप्रति माफी माग्दै जुलाई र अक्टोम्बरमा १ लाख ७२ हजार मोडल फिर्ता लिने घोषणा गरेको थियो । यद्यपि, हालसम्म पनि गाडी फिर्ता लगेको छैन । 


Back_to_top