लग्जरी भ्यान खोज्नेलाई ‘स्काइवर्थ डी-११’, यस्तो छ मूल्य

काठमाडौं । लग्जरी भ्यान खोज्नेलाई स्काइवर्थको डी–११ भ्यान नेपाली बजारमा उपलब्ध भएको छ । केही दिन अघि सकिएको नाडा अटो शोमा हाइरुफ लग्जरी भ्यान स्काइवर्थको डी-११ सार्वजनिक भएको हो ।

फर्मी मोटर्स प्रालिले नेपाल ल्याएको १९ सिट क्षमताको इलेक्ट्रीक हाइरुफ भ्यान निकै प्रिमियम लाग्छ । कम्पनीले यसमा ७०.६५ किलोवाट अवारको एलएफपी ब्याट्री प्याक दिएको छ ।

निकै पावरफुल मोटरमा उपलब्ध डी-११ मा तथा १२० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । यसको पीकटर्क भने ३५० न्यूटन मिटर रहेको छ । यसलाई सिंगल चार्जमा ३०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । एसी र डिसी फास्ट चार्जर सपोर्ट गर्ने डी-११ मा जीबीटी चार्जिङ पोर्ट छ ।

स्काइवर्थ डी-११ को लम्बाइ ६०४० एमएम, चौडाइ २०२० एमएम, उचाइ २७०० एमएम छ । यसमा ३६६५ एमएम लामो ह्वीलबेस रहेको छ । उचाइ अग्लो भएकाले प्यासेन्जरहरू सजिलै उभिएर समेत यात्रा गर्न सक्नेछन् ।

सुरक्षाका लागि एबीएस, ईबीडी, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ । १६ इन्चको अलोय ह्वील रहेको विद्युतीय माइक्रो बस अधिकतम ११० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्छ । स्काइवर्थ डी-११ को मूल्य ७२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top