काठमाडौं । हिरोका मोटरसाइकल तथा स्कुटर खरिदमा नेटा भी कार जित्न सकिने भएको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘एक्कासी मालामाल’ अफर अन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिने भएको हो ।
कम्पनीले ‘दशैं, तिहार २०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको हो ।
साथै, यसअफर अन्तर्गत एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले अन द स्पट ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।
ग्राहकले आफूसंग भएको जुनसुकै ब्राण्डको पुरानो दुईपाङग्रे साधनसंग हिरोको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर हिरोका आधिकारिक शोरुमहरूमा सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।


