काठमाडौं । विलिङ बजेट कारको लागि चीनमा परिचत ब्राण्ड हो । मिनी कार, ह्याचव्याक कार हुँदै एसयूभीको उत्पादनमा प्रबेश गरेको कम्पनीले विङ्गो एसयूभी ल्याउने भएको हो ।
कम्पनीको ताइनु एम प्लेटफर्ममा आधारित विङ्गो एसयूभी विभिन्न तीन ब्यट्री अप्सनमा उपलब्ध हुनेछ । यसमा ३३०, ४०१ र ५१० किलोमिटर रेन्ज प्रदान गर्ने ब्याट्री दिइएको छ । तर, ब्याट्री साइजको विषयमा कुनै जानकारी बाहिर आएको छैन ।
कम्पनीले नयाँ एसयूभीको साइजका विषयमा ठ्याक्कै जानकारी नदिएपनि यसमा २६१० एमएम लामो ह्वीलवेस रहने जानाएको छ । साना र कम मूल्यका कार उत्पादन गर्ने ब्राण्डको रुपमा पहिचान बनाएको विलिङले नयाँ एसयूभी १० हजार डलर आसापासको मूल्यबाटै चीनमा बिक्री सुरु हुने रिपोर्टहरु बाहिर आएका छन् ।
विलिङले नयाँ विङ्गो एसयूभी ७४.८ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बडी निर्माण गरेको जनाएको छ । विभिन्न २२ स्थानमा स्टोरेज पाउन सकिने एसयूभीमा म्याक्फर्सनको सस्पेशन दिइएको छ ।
विङ्गो एसयूभीको इन्टेरियर दुई कलर अप्सनमा पाउन सकिन्छ । फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध एसयूभीमा ६ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, रिभर्स पार्किङ सेन्सर, अटो होल्ड, किलेस इन्ट्री जस्ता फिचर दिएका छन् ।
चिनियाँ कम्पनी एसएआईसी र अमेरिकी कम्पनी जनरल मोटर्ससँगै अर्को चिनियाँ कम्पनी विलिङको लगानी रहेको उक्त ब्राण्डले साना मोटर प्रयोग गरेर गाडी बनाउदै आएको छ । यस्तोमा विङिगो एसयूभीमा पनि ७५ किलोवाटको मोटर छ । कम्पनीले वाटर कुल्ड फ्ल्याट वायर मोटर दिएर यसलाई बजारमा ल्याउन लागेको हो ।
नेपाली बजारमा पनि विलिङका कार उपलब्ध रहेका छन् । पारामाउन्ट मोटर्सले विलिङका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

