रेट्रो स्टाइलमा यामाहा XSR–250, यस्ता हुनेछन् फिचर

रेट्रो स्टाइलमा निर्माण भएको एक्सएसआर–९०० यामाहाको चर्चित मोटरसाइकलको रुपमा परिचित छ । जापानी अटो म्यागजिन योगमेसिनले यामाहा कम्पनीले रेट्रो स्टाइलका मोटरसाइकलप्रेमीलाई मध्यनजर गर्दै एक्सएसआर–२५० लाई रेट्रो स्टाइलमा निर्माण गर्न लागेको उल्लेख गरेको छ । म्यागजिनकाअनुसार कम्पनीेले चेसिस सस्पेन्सन, इन्जिन तथा ब्रेकलाई परिमार्जन गर्दै एक्सएआरको जस्तै स्टाइलमा २५० सीसीको मोटरसाइकल बजारमा ल्याउने भएको जनाएको छ । 

यसमा एसटी–२५ मा प्रयोग गरिएको क्वार्टर लिटर निओ–क्लासिक चेसिस दिइने छ । साथै, सोही मोडलमा उपलब्ध डायमन्ड फ्रेम चेसिस, फ्रन्टमा ४१ एमएमको कन्भेक्सनल टेलिस्कोपिक फर्क, रियरमा मनोसक सस्पेन्सनजस्ता फिचर दिने तयारी भएको म्यागजिनले उल्लेख गरेको छ । कम्पनीले यो बाइकमा १७ इन्चका अलोय ह्वील लगाउनेछ । 

यसमा लगाइने २४९ सीसी ट्वीन–सिलिन्डर फोर–स्ट्रोक लिक्विड–कुल्ड डीओएचसी फोर–भल्भ इन्जिनले १२ हजार आरपीएममा ३६ पीएस पावरकासाथै १० हजार आरपीएममा २२.६ एनएम–टर्क उत्पादन गर्नेछ । यसको फ्रन्टमा सिङ्गल बे्रक लगाइनेछ भने रियरमा सिङ्गल डिस्क–ब्रेक दिइनेछ । यो मोडलमा आकर्षक क्रोम–मास्कसहितको सर्कुलर हेडलाइट, इन्स्ट्रुमेन्ट कन्सोल, डबल–टोन फ्यूल ट्याङ्क, साइड प्यानल, रियर फेन्डर दिने कम्पनीको योजना रहेको जनाइएको छ । 

आकर्षक बडी, उत्कृष्ट पफर्मेन्स तथा डिजाइनमा निर्माण हुने यस मोटरसाइकलले राम्रो बजार लिने कम्पनीको विश्वास छ । 


Back_to_top