संसारभरका अटोमोबाइल कम्पनीले उत्पादन गरेका केही मोडलमा प्रदान गर्ने विशेषता हो, अटोमेटिक म्यानूअल ट्रान्समिसन । एएमटी विशेषताको प्रयोग भएसँगै टु–प्याडल भेहिकलको विकास तथा विस्तारमा आमूल परिवर्तन आएको देखिएको छ ।
अझ हाम्रोजस्तो देशमा एएमटी उपलब्ध एफोर्डेवल कारको माग बढ्दै गएको छ । कारको आवश्यकीय विशेषता एएमटी ट्रान्समिसनबारे जान्नैपर्ने केही तथ्य भने यस प्रकार छन् ।
डबल–क्लच ट्रान्समिसनको जस्तो अपेक्षा नराख्दा उचित
डबल–क्लच ट्रान्समिसन उपलब्ध फक्सवागेन पोलो–जिटी, स्कोडा–एक्टिभा वा हुन्डाई क्रेटालगायतका मोडल चलाएका ग्राहकलाई भने एएमटी उपलब्ध कार चलाउँदा त्यही मात्रामा सन्तुष्टी प्राप्त हुँदैन ।
हाई इन्ड भेहिकलमा उपलब्ध डबल–क्लच अटोबक्सको तुलनामा एएमटीले फरक पफर्मेन्स दिने भएकाले यसको अनुभव पनि फरक किसिमकै हुनेछ ।
क्लचलेस म्यानूअल ट्रान्समिसन
अटोबजारमा एएमटी युनिटलाई सेमी अटोमेटिक ट्रान्समिसनको नामले पनि चिन्ने गरिन्छ । जुन कन्भेक्सनल ट्रान्समिसन म्यानूअल युनिटजस्तै हुने गर्छ । केही हदसम्म दुबै ट्रान्समिसनलाई एउटैरुपमा हेरिए पनि यो डबल–क्लच अटोमेटिकजस्तो भने हुँदैन ।
तर, एएमटी ट्रान्समिसनले इलेक्ट्रो–मेकानिकल क्लच–एक्यूटरको भूमिका निभाउँछ । जसले गर्दा ड्राइभिङ्गलाई थप आनन्दायी बनाउँन मद्दत पुग्छ ।
मेन्टिनेन्स गर्न सजिलो
डबल–क्लच युनिटको मेन्टेनेन्स खर्च अत्याधिक हुने गर्छ । तुलनात्मकरुपमा एएमटी युनिटको मेन्टिनेन्स कम खर्चिलो हुनुकासाथै सहज प्रक्रियाबाट जडान गर्न सकिन्छ । यसकासाथै, म्यानूअल गियरबक्स पनि जडान गरिएको हुन्छ ।
ह्यान्डब्रेक
एएमटी युनिटमा हिल–होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, पार्किङ्ग मोडलगायतका विशेषता दिइएको हुँदैन । त्यसैले एएमटी उपलब्ध गाडीमा अनिवार्यरुपमा ह्यान्ड–ब्रेकको प्रयोग गर्नुपर्ने हुन्छ ।
आवश्यकताअनुसार गियर परिवर्तन
एएमटी विशेषता उपलब्ध कारमा प्रायःजसो म्यानूअली गियर परिवर्तन गर्न, मिल्ने सुविधा दिइएको हुन्छ । म्यानूअल कन्भेक्सनल अटोमेटिक ट्रान्समिसन उपलब्ध सबै अफोर्डेवल कारमा भने उक्त विशेषता दिइएको हँुदैन ।
आधुनिक एएमटीमा अत्याधुनिक विशेषता
आधुनिक कारमा उपलब्ध एएमटी ट्रान्समिसनमा अत्याधुनिक सुविधा प्रदान गरिएको हुन्छ । टाटा नेक्सान र रेनो डस्टरमा उपलब्ध एएमटी युनिटमा हिल–होल्ड असिस्टलगायतका विशेषता दिइएको छ । त्यतिमात्रै नभई, यसको लेटेस्ट जेनेरेशनमा क्वीक सिफ्टरलगायतका विविध विशेषता दिइएको छ ।
क्रिप फिचर
एएमटी युनिट उपलब्ध भेहिकलमा पाइने समान विशेषता हो, क्रिप । क्रिपको प्रयोगमार्फत् रेगुलर अटोमेटिक ट्रान्समिसनमा जस्तै, ब्रेक–थिप्चेवित्तिकै एक्सेलेटर इन्पूटबिना नै ट्रान्समिसन डी–मोडमा पुग्ने गर्छ । उक्त मोडले ट्राफिक जाम वा भीडभाड भएको अवस्थामा गाडी विस्तारै चल्न मद्दत पुर्याउँछ ।
नो–इन्जिन ब्रैकिङ्ग
प्रायःजसो ड्राइभरले इन्जिन ब्रेकिङ्गको प्रयोग गर्ने गर्छन् । एएमटी उपलब्ध कारको इन्जिन ब्रेकिङ्ग सिस्टममा भने खासै भरोसा गरिँदैन । यसको क्लचमा कन्ट्रोलको सुविधा नुहने भएकाले यस्तो गरिएको हो ।
चालकले डाउनहिलमा भने म्यानूअल मोडलको प्रयोग गर्ने गर्छन् । खासगरी, चुनौतीपूर्ण अवस्थामा सुरक्षित ड्राइभिङ्गका लागि एएमटीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
बढी फ्यूल इफिसेन्सी
अटोमेटिक म्यानूअल ट्रान्समिसनले तुलनात्मकरुपमा इन्धन बढी खपत गर्ने गर्छ । तर, एएमटीले कारको फ्यूल इफिसेन्सीमा खासै असर पार्दैन ।
योजनाको आवश्यकता
एएमटी युनिटमा निकै परिवर्तन आएको देखिन्छ । तर पनि, यसका केही पक्षमा महत्वपूर्ण परिमार्जन गर्नुपर्ने देखिएको छ । किक–डाउन मोडलमा एएमटी युनिट लोअर–गियरमा राखिने गरिन्छ । जसका कारण तत्काल ट्रान्जिक्सन हुन पाउँदैन । फलस्वरुप ओभरटेकिङ्गको समयमा चालकले समस्या झेल्नुपर्ने हुन्छ । त्यसैले एएमटीलाई चालकको ओभरटेकिङ्गको प्रक्रियाअनुसार नै राख्दा उचित हुनसक्छ ।


