छरिएका तार मिलाउँदै महानगर, यी स्थानमा हुँदै छन् काम

काठमाडौं । बाटोमा लथालिङ्ग रुपमा छरिएका विजुलीका तारहरु मिलाउने कार्यलाई महानगरले तिब्र बनाएको छ । काठमाडौं महानगरपालिकाले टेलिकमसँग संयुक्त रुपमा बाटोमा छरिएका विद्युतीय तारहरु मिलाउने कामको सुरुवात गरेको हो । 

महानगरपालिकाले पहिलो चरणमा त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्मको तार क्ल्यान गरेर राख्ने काम सुरु गरेको छ । हाल त्रिपुरेश्वरदेखि सुन्धारासम्म तार मिलाउने काम भइसकेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । 

महानगरपालिकाले त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म तार मिलाउने काम सकेपछि वडा नम्बर १७ र २७ मा सुरु गर्ने जानकारी दिएको छ । 

वडा नम्बर १७ को क्षेत्रपाटी  र वडा नम्बर २७ को ज्याठा क्षेत्रमा तार हटाउने काम हुने महानगरपालिकाका प्रवक्त इश्वरमान डंगोलले बताएका हुन् । 

उनका अनुसार महानगरपालिकाले ३२ वटै वडामा लथालिङ्ग भएका तारहरु हटाउने र मिलाउने काम अगाडि बढाइएको छ । 

‘पहिलो चरणमा त्रिपुरेश्वरबाट सुरु गरेका छाैँ, विस्तारै ३२ वटै वडामा तार हटाउने काम गरिन्छ,’ डंगोलले मेरोअटोसँग भने । 


Back_to_top