काठमाडौं । यातायात व्यवस्था विभागले मोवाइल फोनमा एसएमएसको माध्यमबाटै लाईसेन्स आबेदकको लिखित परीक्षाको रिजल्ट र नयाँ वा नवीकरण गर्न दिएको स्मार्ट लाईसेन्स बने वा नबनेको थाहापाउने सेवाको सुरुवात गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक लावन्य कुमार ढकाल र स्पेरो एसएमएस कम्पनीका प्रबन्ध निर्देशक अरविन्द साहले उक्त सेवाको संयुक्तरुपमा सुरुवात गरेका हुन् । उक्त सेवा स्पेरो एसएमएसले प्रदान गर्नेछ ।
सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT<
त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC<
यो सेवाको सुरुवात पछि रिजल्ट थाहापाउन यातायात कार्यालय धाउन पर्ने समस्याबाट उपभोक्ताले राहत पाउने विभागका महानिर्देशक ढकालले दाबी गरे ।


