काठमाडौं । टीभीएसले स्ट्राइकर १२५ को अपडेटेड भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमण्डपमा जारी ‘ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’मा नयाँ स्ट्राइकर १२५ सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न फिचरहरू थप गरेर ल्याएको स्ट्राइकर १२५ को मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।
कम्पनीले स्ट्राइकर १२५ मा नयाँ लक की, यूएबी चार्जिङ पोर्ट, नयाँ ग्राफिक्स, ड्यूल स्प्रीङ सस्पेन्सन, डिजिटल स्पीडोमिटर, एलइडी टेल लाइट जस्ता फिचर थप गरेर ल्याएको हो ।
टीभीएस स्ट्राइकरमा रहेको सिङ्गल सिलिन्डर फोर-स्ट्रोक एयरकुल्ड १२४ सीसी इन्जिनले ८ हजार आरपीएममा ११ बीएच पावरका साथै ५ हजार ५ सय आरपीएममा १०.८ एनएम टर्क उत्पादन गर्छ ।
यसको अगाडिको ह्वीलमा डिक्स र पछाडि ड्रम-ब्रेक लगाइएको छ । यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता प्रतिघन्टा ९० किलोमिटर रहेको छ ।
यसमा १७३ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने १७ इन्च अलोय ह्वील लगाइएको छ ।

