मोटरसाइकल निर्माता कम्पनी रोयल इन्डफिल्डले एबीएस विशेषता र दुई थप नयाँ कलर अप्सनसहित क्लासिक ३५० लाई भारतीय बजारमा सावजनिक गरेको छ ।
कम्पनीले सिल्भर र ऐश कलरमा भेरियन्टमा सार्वजनिक गरेको मोडलको मूल्य १ लाख ५३ हजार भारु तोकिएको छ ।
थन्डरवर्ड–३५०
कम्पनीले रोयल इन्डफिल्ड थन्डरवर्ड–३५० एक्सलाई डबल च्यानल एबीएससहित बजारमा ल्यायको छ । यसको मूल्य १ लाख ६३ हजार भारु तोकिएको छ । योसँगै कम्पनीले आफ्ना सबै मोडलमा एबीएस फिचर दिएको छ ।
यसमा ३५० एक्समा थन्डरवर्डमा ३४६ सीसी इन्जिन लगाइएको छ । यसमा १९.८ एचपी तथा २८ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड गियरबक्स दिइएको छ ।


