आयो दीपल एस-०५, यस्तो छ तीन भेरियन्टको मूल्य

काठमाडौं । चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलको एस-०५ मोडल नेपाल आएका छ । कम्पनीले तीन भेरियन्टमा ल्याएको एस–०५ को मूल्य बाहिर आएको हो ।

एमएडब्लू वृद्धि अटोकर्पले प्रकाशित गरेको अधिकतम खुद्रा बिक्री मूल्यमा लाइट भेरियन्टको ६२ लाख ९९ हजार, प्लस भेरियन्टको ६५ लाख ९९ हजार र म्याक्स भेरियन्टको ६७ लाख ९९ हजार रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य तोकिएको हो ।

थाइल्याण्डमा उत्पादन भएको दीपल एस-०५ ९९ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटरमा आएको हो । कम्पनीले अहिले प्रकाशित गरेको मूल्य भन्सार प्रयोजनको लागि हो । त्यसैले बजारमा आउँदा मूल्य भने फरक हुन सक्नेछ ।


Back_to_top